चरिकोटको सडक अस्तव्यस्तः फुटपाथ र जेब्रा क्रसिङ छैन, सँधै जोखिममा पैदलयात्री

8 months ago/Wednesday, January 15th, 2020

दुर्गा बस्नेत ।

दोलखा, १ माघ ।

दोलखा सदरमुकाम चरिकोटस्थित व्यस्त बजारमा सडक सुरक्षाको व्यवस्था नहुँदा दुर्घटनाको जोखिम बढ्दै गएको छ ।

यात्रुहरुको अत्यधिक चाप रहने सातदोबाटो चोक र चरिकोटको वीच बजार क्षेत्रमा सडक सुरक्षाको कुनै सँरचना नभएका कारण दुर्घटनाको जोखिम बढेको हो । सडक सुरक्षाका लागि अनिवार्य मानिने ट्राफिक बत्ति, फुटपाथ र जेब्रा क्रशिङ नहुँदा जुनसुकै समय दुर्घटना हुने सम्भावना छ । सडकमा फुटपाथसम्म नभएका कारण यात्रुहरु जोखिम मोलेर वीच सडकमा हिड्न बाध्य छन् भने सोही कारण बजार क्षेत्रमा सवारीका साधन सँचालनमा समेत समस्या भएको छ ।

सवारीका साधनको चाप, बढ्दो सवारी दुर्घटना र पर्यटकीय जिल्ला समेत भएका कारण चालु बर्षवाट दोलखामा ट्राफिक प्रहरीको दरवन्दि समेत थप गरिएको छ ।बिगतमा जिल्ला ट्राफिक प्रहरीको प्रमुख प्रहरी सहायक निरिक्षक (असई) हुने गरेपनि अहिले प्रहरी नायव निरिक्षक (सई) को कमाण्डमा जिल्ला ट्राफिक चलिरहेको छ । तर, ट्राफिक प्रहरीको सँख्या बढिरहदा सडक सुरक्षाका लागि आवस्यक कुनै सँरचना बन्न सकिरहेको छैन ।

दोलखाका पूर्व प्रहरी प्रमुख, तत्कालिन डिएसपी –हाल एसएसपी) उमेशराज जोशीको पालामा सातदोवाटो चोक र बजार क्षेत्रमा जेब्रा क्रसिङको व्यवस्था गरिएको थियो । तर, जोशीको सरुवा सँगै जेव्रा क्रशिङलाई व्यवस्थित गर्न ध्यान नजाँदा अहिले सवै मेटिईसकेको छ । दोलखामा उमेशराज जोशि पछि थुप्रै प्रहरी प्रमुखले जिल्लाको नेतृत्व गरेपनि सडक सुरक्षाको सामान्य उपाय जेब्रा क्रसिङको उपाय अपनाउने प्रक्रिया अघि बढ्न सकेको छैन ।

 

दोलखा सदरमुकाम चरिकोटस्थित व्यस्त बजारमा सडक सुरक्षाको व्यवस्था नहुँदा दुर्घटनाको जोखिम बढ्दै गएको छ । सडक सुरक्षाका लागि अनिवार्य मानिने ट्राफिक बत्ति, फुटपाथ र जेब्रा क्रशिङ नहुँदा जुनसुकै समय दुर्घटना हुने सम्भावना छ । सडकमा फुटपाथसम्म नभएका कारण यात्रुहरु जोखिम मोलेर वीच सडकमा हिड्न बाध्य छन् ।

सडक सुरक्षा अन्तर्गत भीमेश्वर नगरपालिका र सडक डिभिजन कार्यालय दोलखाले छुट्टाछुट्टै प्रतिक्रिया दिएका छन् । भीमेश्वर नगरपालिकाका नगर प्रमुख भरत केसीले यो विषय डिभिजन सडक कार्यालय दोलखाले हेर्ने भएकाले आफुहरुले त्यसतर्फ चासो नदिएको प्रतिक्रिया दिनुभयो । यद्धपि सडक फुटपाथ निर्माणको काममा भने नगरपालिका लागि परेको उहाँले दावी गर्नुभयो । एकातिर सातदोबाटो चोक लामोसाँगु–जिरी सडक योजना अन्र्तगत पर्नेछ भने अर्कोतिर सातदोबाटोको ठेक्का सहरी सडक अन्र्तगत भएको र अहिले सो कार्यक्रम प्रदेश अन्र्तगत गईसकेको छ । सोही कारण अहिले सडक सुरक्षाका उपाय अन्तर्गत जेब्रा क्रसिङ बनाउने विषयमा समेत अन्यौलता देखिएको हो ।

डिभिजन सडक कार्यालय दोलखाका प्रमुख धमेन्द्र झाले भने अन्यौलताका कारण कुनै प्रक्रिया अघि बढ्न नसकेको प्रतिक्रिया दिनुभयो । उहाँका अनुसार चार वर्षअघि लामोसँगु जिरी सडक अन्र्तगतको सदरमुकाम चरिकोट बजारको सडकमा ठेकेदार कम्पनीले सडक ढलान र पीचको काम गरीरहेका बेला केही काम बाँकी रहँदै सो कार्यक्रम प्रदेश अन्र्तगत गएको थियो । कार्यक्रम प्रदेश अन्र्तगत गएपछि गत वर्षपनि सडक सुधारको कामका लागि बजेट नआएको कार्यालय प्रमुख झाले बताउनुभयो । सडक दुर्घटनालाई मध्यनजर गर्दै आफुहरुले जेब्रा क्रसिङको काम अघि बढाउन खोजेपनि विवादका कारण प्रक्रिया अघि बढ्न नसकेको उहाँको भनाई छ ।

जेब्रा क्रसिङ बनाउने विषयमा अन्यौलता देखिएको छ । सडक सुरक्षा अन्तर्गत भीमेश्वर नगरपालिका र सडक डिभिजन कार्यालय दोलखाबीच नै जेब्रा क्रसिङ कसले बनाउने भन्नेमा अन्योलता देखिएको हो । नगरपालिकाले सडक डिभिजनले हेर्न बताएको छ भने सडक डिभिजनले कार्यक्रम प्रदेश मातहत गएको बताएको छ ।

जेब्रा क्रसिङ नभएपछि यात्रुहरु जोखिम मोलेर सडकमा आवातजावत गर्न बाध्य छन् । जेव्रा क्रसिङ नभएको र जथाभावी सवारी साधन पार्किङ हुँदा सवारी साधन व्यवस्थित गर्न निकै कठिनाई भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव निरिक्षक गोकर्ण नेपालले जानकारी दिनुभयो । जथाभावी सवारी साधन पार्किङ, बढ्दो सवारी चाप तथा बजार क्षेत्रमा पनि तिव्र गतिले सवारी चलाउने गरेका कारण दुर्घटनाको जोखिम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

सुरक्षित जेब्रा क्रसिङ नहुँदा स्कुले बालवालिका, बृद्धबृद्धा बढी जोखिम मोलेर सडक पार गर्न बाध्य छन् । दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक (डिएसपी) रेवतीरमण पोखरेलले सडक सुरक्षा आफ्नो पहिलो प्राथमिकतामा परेको भन्दै पहिले राखिएको जेब्रा क्रसिङको व्यवस्था किन कार्यान्वयन नभएको भन्ने विषयमा सम्बन्धीत सरोकारवाला निकायसँग छलफल गर्ने बताउनुभयो । जेब्रा क्रसिङ नहुँदा व्यस्त बजारमा कठिनाई भएको आफुले पनि महसुश गरेको भन्दै उहाँले तत्काल छलफल प्रक्रिया अघि बढाउने प्रक्रिया दिनुभयो ।

१ माघ, २०७६ । ८ः१० बजे प्रकाशित ।

VIEWS: 5390 पटक हेरीएको
error: Content is protected !!