चरिकोटबाट पठाईएका पाँच जनामा कोरोना संक्रमण नभएको पुष्टी

1 week ago/Thursday, March 26th, 2020

दोलखा, १३ चैत्र ।

कोरोना भाईरस (कोभिड १९) को आशंकामा परिक्षणका लागि पठाईएका दोलखाका पाँचै जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

स्वास्थ्य परीक्षणका क्रममा शंकास्पद देखिएका दोलखाका पाँच जनाको ‘स्वाव’ परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएकोमा रिपोर्ट नेगेटिभ आएको हो । ज्वरो आएपछि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा स्वास्थ्य जाँचका लागि आएका विरामीमध्य नोभेल कोरोना रोगको केही लक्षणको आधारमा ५ जनाको स्वाव परिक्षण्का लागि टेकु अस्पताल पठाईएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले जानकारी दिनुभयो ।

ती व्यक्तिहरुमा उच्च ज्वरो देखिएपछि सदरमुकाम चरिकोटबाट नमुना संकलन गरि परीक्षणका लागि टेकु अस्पताल पठाईएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले रिपोर्ट पठाएपछि स्वास्थ्य कार्यालयले आज साँझ विज्ञप्ती जारी गरि जानकारी गराएको हो ।

 

१३ चैत्र, २०७६ । ५ः ४५ बजे प्रकाशित ।

VIEWS: 6235 पटक हेरीएको
error: Content is protected !!