चरिकोटमा आईसोलेसनमा रहेकी महिलाको स्वाब परिक्षण रिपोर्ट नेगेटिभ

1 month ago/Sunday, April 19th, 2020

दोलखा, ७ बैशाख ।

दोलखा सदरमुकाम चरिकोटस्थित आईसोलेसनमा रहेकी तामाकोसी गाउँपालिकाकी एक महिलाको स्वाब परिक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

कोरोना भाईरस आशंकामा आईसोलेसनमा राखिएकी ती महिलाको आज गरिएको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएको हो । धुलिखेल अस्पतालमा गरिएको स्वाब परिक्षणका क्रममा ती महिलामा कोरोना संक्रमण नदेखिएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले जानकारी दिनुभयो । कोरोना भाईरस संक्रमणको आशंकामा शुक्रबारदेखि चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेनमा रहेकी तामाकोशी गाउँपालिकाकी ती महिलाको हिजो स्वाब परिक्षणका लागि धुलिखेल अस्पताल पठाईएको थियो । उनी सनसिटि अपार्टमेन्ट आसपासबाट चैत्र १८ गते दोलखा आएको पाईएपछि कोरोना संक्रमणको आशंकामा आईसोलेसनमा राखेर स्वाब परिक्षण गरिएको हो ।

यसअघि सनसिटि आपार्टमेन्ट आसपासबाट जिल्ला आएका तामाकोशी गाउँपालिकाका एक जना र उनीसँगै एउटै गाडीमा आएका दुई गरि तीन जनालाई पनि आईसोलेसना राखेर स्वाब परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो । दोलखामा हालसम्म कोरोना भाईरस संक्रमणको आशंकामा १० जनाको स्वाब परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

७ बैशाख, २०७७ । ७ः ३० बजे प्रकाशित ।

VIEWS: 2540 पटक हेरीएको
error: Content is protected !!