चरिकोटमा गणतन्त्र दिवसको अवसरमा खुल्ला क्रिकेट प्रतियोगिता सुरु

7 months ago/Monday, May 27th, 2019

दोलखा, १३ जेठ ।

दोलखा सदरमुकाम चरिकोटमा आजदेखि खुल्ला क्रिकेट प्रतियोगिता २०७६ सुरु भएको छ ।

प्रतियोगिताको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ३ नम्बर प्रदेशका सचिव आनन्दप्रसाद पोखरेलले उद्धघाटन गर्नुभयो ।  क्रिकेट सँघ दोलखाले गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको प्रतियोगितामा ९ टिमको सहभागिता रहेको छ । आजदेखि सुरु भएको प्रतियोगिता आगमी १७ गते सम्म जारी रहनेछ । प्रतियोगिताको विजेताले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले २५ हजार ५ सय २५ नगद सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

आयोजक क्रिकेट सँघ दोलखाका अध्यक्ष सन्तोष पोखरेलको अध्यक्षतामा भएको प्रतियोगिता उद्धघाटन कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डवल पाण्डे, नेकपा दोलखाका सचिव गोपाल पाण्डे, दोलखा जिल्ला फुटबलसँघका अध्यक्ष गोविन्द श्रेष्ठ लगाएतको उपस्थिति थियो ।

त्रिपुराको विजयी सुरुवात

दोलखा सदरमुकाम चरिकोटमा आजदेखि सुरु भएको खुल्ला क्रिकेट प्रतियोगितामा त्रिपुरा ग्लोरियस एकेडेमी चरिकोटले विजयी सुरुवात गरेको छ । सदरमुकाम चरिकोटस्थित टुँडिखेल मैदानमा भएको प्रतियोगिताको पहिलो खेलमा न्यु जेनेरेशन विकास युथ क्लब बीगु ४ लाई ९४ रनले पराजित गर्दै त्रिपुराले विजयी सुरुवात गरेको हो । त्रिपुराले प्रस्तुत गरेको २ सय ३ रनको लक्ष्य पछ्याएको न्यु जेनेरेशन युथ क्लव १६ ओभरमा अलआउट हुँदै १ सय ८ रनमा समेटिएपछि त्रिपुराको जित सुनिश्चित भएको हो ।

१३ जेठ, २०७६ । ३ः ०० बजे प्रकाशित ।

VIEWS: 2675 पटक हेरीएको
error: Content is protected !!