चरिकोटमा ट्याक्टरले किचेर एक पुरुषको मृत्यु

2 weeks ago/Tuesday, April 6th, 2021

दोलखा, २४ चैत ।

दोलखा सदरमुकाम चरिकोटमा ट्याक्टरले किचेर एक पुरुषको मृत्यु भएको छ ।

सदरमुकाम चरिकोटस्थित सिमपानी सडक खण्डमा ट्याक्टरले किचेर कैलालीको जानकी गाउँपालिकाका दिपेन चौधरीको मृत्यु भएको हो । आज बेलुकी सवा ६ बजे चोथाङबाट पाइप लिएर सिमपानीतर्फ जादैँ गरेको ना ७ त ४६९४ नम्बरको ट्याक्टरले किच्दा चौधरी गम्भीर घाईते भएका थिए । गम्भीर घाईते उनलाई उपचारका लागि चरिकोट अस्पताल लगिएपनि चिकित्सकहरुले मृत घोषणा गरेको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अञ्जन कोइरालाले जानकारी दिनुभयो । मृतक चौधरीको शव पोष्टमार्टमका लागि चरिकोट अस्पतालमा राखिएको छ । चौधरीलाई किच्ने ट्याक्टर चालक बर्दियाका शिव प्रसाद थारुलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

२४ चैत, २०७७ । ६ः५० बजे प्रकाशित ।

VIEWS: 11620 पटक हेरीएको
error: Content is protected !!