चरिकोटमा रहेका टेलिफोनको ‘क्याविनेट बक्स’ फेरिँदै ल्याण्डलाइन टेलिफोन र एडिएसएल सेवा अवरुद्ध

7 months ago/Sunday, January 12th, 2020

दोलखा, २७ पौष ।

दोलखा सदरमुकाम चरिकोटमा टेलिफोनको उपकरण तथा लाइन मर्मत सम्भार गर्नुपर्ने भएपछि आजदेखि ल्याण्डलाईन टेलिफोन र एडिएसएल ईन्टरनेट सेवा अवरुद्ध भएको छ ।

चरिकोट सातदोबाटोस्थित नेपाल टेलिकमको क्याविनेट बक्स परिवर्तन गर्ने काम सुरु भएपछि आजबाट टेलिफोन र ईन्टरनेट सेवा अवरुद्ध भएको हो । टेलिकमको क्याविनेट बक्स परिवर्तन गर्नुपर्ने भएपछि केही दिन ल्याण्डलाइन टेलिफोन र एडिएसएल इन्टरनेट सेवा अवरुद्ध हुने नेपाल टेलिकम दोलखा शाखाले जनाएको छ । कार्यालयका अनुसार सदरमुकाम चरिकोटका करिब ३ सय ल्याडलाइन टेलिफोन र एडिएसएल आज र भोलि अवरुद्ध हुनेछ । नेपाल टेलिकमले आजबाट माघको ५ गतेसम्म सदरमुकामका विभिन्न स्थानमा रहेका टेलिकमको क्याविनेट बक्स परिवर्तन गर्नेछ ।

सो क्रममा विभिन्न क्षेत्रको टेलिफोन सेवाहरु अवरुद्ध हुनेछन् ।सदरमुकाममा रहेका टेलिफोनको क्याविनेट बक्सहरु वर्षाै पुराना भएका कारण नयाँ जडान गर्न लागिएको नेपाल टेलिकम चरिकोट शाखा प्रमुख राजु गिरीले जानकारी दिनुभयो ।

२७ पौष, २०७६ । ३ः २० बजे प्रकाशित ।

VIEWS: 2800 पटक हेरीएको
error: Content is protected !!