चरिकोटमा सम्पन्न महिला भलिबलको उपाधी कालिन्चोक गाउँपालिकाको कव्जामा

4 months ago/Wednesday, March 13th, 2019

दोलखा, २९ फागुन ।

दोलखा सदरमुकाम चरिकोटमा सम्पन्न महिला भलिबल प्रतियोगिताको उपाधी कालिञ्चोक गाउँपालिकाले जितेको छ ।

जिल्ला व्यापी अन्तर पालिकास्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिताको उपाधी कालिञ्चोक गाउँपालिकाले जितेको हो । जिरीमा आईतबार सम्पन्न खेलमा द्धित्तिय स्थान हाँसिल गरेको कालिञ्चोकले आज जिरी नगरपालिकालाई पराजित गर्दै उपाधी हात पारेको हो । चरिकोटस्थित टुँडिखेल मैदानमा भएको फाईनल खेलमा कालिञ्चोकले जिरीलाई २७–२५, २५ १६, २२–२५ र २५–२० को सेटमा पराजित गरेको छ । प्रतियोगितामा भीमेश्वर नगरपालिका ए ले तृतीय स्थान हाँसिल गरेको छ । आजै भएको खेलमा भिनपा बी टिमलाई पराजित गर्दै भिनपा ए ले तेस्रो स्थान हाँसिल गरेको हो ।

प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्न सफल कालिन्चोक गाउँपालिकाले नगद ३० हजार सहित शिल्ड र मेडल प्राप्त गरेको छ भने द्धित्तिय स्थान हाँसिल गरेको जिरी नगरपालिकाले नगद २० हजार र तेस्रो भएको भिनपा ए ले १० हजार नगद सहित शिल्ड र मेडल पाएको छ । प्रतियोगिताका विजेताहरुलाई आजै एक कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको हो । प्रतियोगिताको प्रथम पुरस्कार जिरी नगरपालिकाका मेयर टंक जिरेलले वितरण गर्नुभएको थियो भने द्धित्तिय पुरस्कार जिल्ला खेलकुद सँघका अध्यक्ष हिरा थोकरले र तृतीय पुरस्कार सामुदायिक रेडियो प्रशारक सँघ (अको¥याव) का केन्द्रीय कोषाध्यक्ष लक्ष्मण खड्काले प्रदान गर्नुभएको थियो । भिमेश्वर नगरपालिनपाको आयोजना र ग्रिन नेपालको सह–आयोजनामा भएको प्रतियोगितामा ६ टिमको सहभागिता रहेको थियो ।

ग्रिन नेपालका अध्यक्ष अनमोल बस्नेतको अध्यक्षमा भएको पुरस्कार वितरण कार्यक्रममा बोल्दै भीमेश्वर नगरपालिकाकी उपमेयर कमला बस्नेतले खेलाडीहरुलाई आवश्यक सहयोग गर्ने भन्दै सक्रिय भएर लाग्न आग्रह गर्नुभयो ।

प्रतियोगितामा दोस्रो हुन सफल जिरी नगरपालिकाको टोली ।

तृतीय स्थान हाँसिल गर्नसफल भिनपा ए को टिम ।

 

द्धित्तिय टिमलाई पुरस्कार प्रदान गर्दै जिल्ला खेलकुद सँघका अध्यक्ष हिरा थोकर ।

 

तृतीय टिमलाई पुरस्कार वितरण गर्दै अको¥यावका केन्द्रीय कोषाध्यक्ष लक्ष्मण खड्का ।

 

प्रतियोगिताको उपाधीका लागि कडा प्रतिस्पर्धा गर्दै खेलाडीहरु

२९ फागुन, २०७५ । ७ः ०० बजे प्रकाशित ।

VIEWS: 2260 पटक हेरीएको
error: Content is protected !!