ट्रकले किचेर चालकको मृत्यु

3 weeks ago/Friday, September 27th, 2019

दोलखा, १० असोज ।

दोलखा सदरमुकाम चरिकोटमा अक्सिजनको खाली सिलिण्डर लोड गर्ने क्रममा ट्रकले किचेर चालकको मृत्यु भएको छ ।

ट्रकले किचेर चालक जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्वर ९ का ३५ वर्षीय विजय तामाङको मृत्यु भएको हो । ना ५ ख ८८५८ नम्वरको ट्रकको अगाडीको चक्काले किचेर गम्भिर घाईते भएका तामाङको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको दोलखाका प्रहरी नायव निरिक्षक सेते तामाङले जानकारी दिनुभयो । दिउँसो १ बजेर ४० मिनेट जाँदा दुर्घटनामा परेका तामाङको दिउँसो २ बजे मृत्यु भएको हो ।

तामाङलाई सदरमुकाम चरिकोटस्थित च्छोरोल्पा हस्पिटल अगाडी खाली सिलिण्डर लोड गरि गाडीमा चढ्ने क्रममा ट्रकको अगाडीको टायरले किचेको दोलखा प्रहरीले जनाएको छ । सहचालक पनि नभएको र रोकिराखेको गाडीमा ओत समेत नभएकाले चालक स्टिरिङमा जान खोज्दा सडकको भित्तामा ठोक्किन गई अगाडीको टायरले च्यापेको प्रहरी नायव निरिक्षक तामाङले जानकारी दिनुभयो । मृतक तामाङको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थय केन्द्र चरिकोटमा राखिएको छ ।

१० असोज, २०७६ । ३ः ०० बजे प्रकाशित ।

VIEWS: 16045 पटक हेरीएको
error: Content is protected !!