चरिकोट अस्पतालका ७ जना स्वास्थ्यकर्मीको पिसिआर रिपोर्ट नेगेटिभ

3 days ago/Friday, May 22nd, 2020

दोलखा, ९ जेठ ।

आरडिटि पोजेटिभ देखिएका दोलखाका दुई स्वास्थ्यकर्मी सहित सातै जना स्वास्थ्यकर्मीको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटि) विधिबाट कोरोना परिक्षणका क्रममा एन्टिबडी पोजेटिभ देखिएका दुई सहित प्रस्तावित चरिकोट अस्पतालका सातै जना स्वास्थ्यकर्मीको स्वाब परीक्षणका क्रममा पिसिआर रिपोर्ट नेगेटिभ आएको हो । आरडिटि पोजेटिभ देखिएका सहित ७ जनाको पिसिआर परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कर्यालय दोलखाका प्रमुख विभुकुमार झाले जानकारी दिनुभयो । दोलखा सदरमुकाम चरिकोटस्थित प्रस्तावित चरिकोट अस्पतालका स्वास्थ्यकर्मी सहित सबै कर्मचारीहरुको बुधबार र्यापिड टेष्ट गरिएकोमा दुई जनाको रिपोर्ट पोजेटिभ आएपछि उनीहरुको सम्पर्कमा रहेकाहरुको पिसिआर परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको अस्पताल सञ्चालक समितिका अध्यक्ष एवम् भीमेश्वर नगरपालिकाका मेयर भरत केसीले बताउनुभयो । उहाँका अनुसार आईरडिटि परिक्षणका क्रममा अस्पतालको ईमरजेन्सी र ल्यावमा खटिएका दुई स्वास्थ्यकर्मीको रिपोर्ट पोजेटिभ आएको थियो । आरडिटि पोजेटिभ देखिएकाहरुको रिपोर्ट नेगेटिभ आएपनि उनीहरुको सम्पर्कमा आएका थप चार जनाको पनि स्वाब परिक्षणका लागि पठाईएको मेयर केसीले जानकारी दिनुभयो ।

दोलखा सदरमुकाम चरिकोटस्थित प्रस्तावित चरिकोट अस्पतालका स्वास्थ्यकर्मी सहित सबै कर्मचारीहरुको बुधबार र्यापिड टेष्ट गरिएकोमा दुई जनाको रिपोर्ट पोजेटिभ आएपछि उनीहरुको सम्पर्कमा रहेकाहरुको पिसिआर परिक्षण गरिएको थियो ।  परीक्षणका क्रममा पिसिआर रिपोर्ट नेगेटिभ आएको हो । जिल्लाकै तामाकोशी गाउँपालिकास्थित किर्नेबाट स्वाब परिक्षणका लागि पठाईएको एक जनाको पनि रिपोर्ट नेगेटिभ आएको छ ।

अस्पतालको ईमरजेन्सी वार्डमा खटिएका स्वास्थ्यकर्मीको आरडिटि रिपोर्ट पोजेटिभ देखिएपछि दोलखा सदरमुकाम चरिकोटस्थित प्रस्तावित चरिकोट अस्पतालको सेवा बुधबारदेखि नै बन्द भएको छ । सेवा सञ्चालनको विषयमा थप छलफल भईरहेको मेयर केसीको भनाई छ ।

यसैबीच, जिल्लाकै तामाकोशी गाउँपालिकास्थित किर्नेबाट स्वाब परिक्षणका लागि पठाईएको एक जनाको पनि रिपोर्ट नेगेटिभ आएको छ । स्थानीय एक पुरुषको स्वाब परिक्षणका लागि पठाईएकोमा नेगेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख झाले जानकारी दिनुभयो ।

VIEWS: 3495 पटक हेरीएको
error: Content is protected !!