चरिकोट ‘भ्यू टावर’ मा पर्यटक बढे, संरचनाहरु थपिँदै

2 months ago/Monday, January 4th, 2021

सिर्जना गोले ।

जिरी (दोलखा), २० पौष ।

पर्यटकी जिल्ला दोलखा सदरमुकाम चरिकोटमा रहेको चरिकोट ‘भ्यू टावरमा’ पछिल्लो पटक भ्रमण गर्न जाने पर्यटकको संख्यामा वृद्धि भएको छ ।

भीमेश्वर नगरपालिकाले निर्माण गरेको ‘भ्यू टावर’मा कोरोना महामारीको कारण विगतमा लामो समय पर्यटकको संख्या घटेपनि पछिल्लो समयमा वृद्धि भएको हो । मुलुकमा कोरोना भाइरस महामारीको रुपमा फैलिएपछि करिब १० महिना पर्यटकको संख्यामा कमी आएको थियो भने लकडाउनको बेला ठप्प थियो । तर, पछिल्लो समय ‘भ्यू टावर’ अवलोकनमा आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि हुँदै गएको स्थानीय गणेश कार्कीले जानकारी दिनुभयो । हाल भ्यूटावरमा दैनिक ५० देखि डेढ सय सम्म पर्यटक पुग्ने गरेको उहाँले बताउनुभयो । कार्कीलाई भीमेश्वर नगरपालिकाले तीन वर्ष अघि भ्यू टावर सञ्चालनमा आएदेखिनै भ्यू टावर सञ्चालन र रेखदेखको लागि खटाएको छ । भ्यू टावरमा जाने आन्तरिक तथा बाह्य पर्यटकको लागि छुट्टा–छुट्टै मूल्यको टिकटको व्यवस्था रहेको छ । १० वर्ष भन्दा माथि र ६० वर्ष भन्दा कम उमेर समूहका मानिसले भ्यू टावरको अवलोकनका लागि प्रतिव्यक्ति २५ रुपैंया र १० वर्ष मुनीका बालकालिका र ६० वर्ष माथिका वृद्धवृद्धाले प्रतिव्यक्ति १५ रुपैंया तिर्नुपर्दछ । भ्यू टावरबाट गौरीशंकर हिमालको रमणीय दृश्य, दोलखाको पर्यटकीय क्षेत्र शैलुङ, कालिञ्चोक र सदरमुकाम चरिकोट बजारको दृश्यअवलोन गर्नुको साथै दोलखाको अधिकांश स्थान हेर्न सकिनेछ । साथै, अवलोकनका लागि बाइनकुलरको समेत व्यवस्था रहेको छ ।

गत वर्ष प्रदेश सरकारको ५० र नगरपालिकाको २० लाख लागतमा भ्यूटावर परिसरलाई व्यवस्थित र नयाँ संरचना निर्माणको काम गरिएको छ । भ्यु टावरलाई अझै व्यवस्थित गर्दै लैजाने योजना रहेको भीमेश्वर नगरपालिकाले जनाएको छ । हाल भ्यूटावरमा दैनिक ५० देखि डेढ सय सम्म पर्यटक पुग्ने गरेको र कालिञ्चोक दर्शमा जाने दर्शनार्थीहरु पनि भ्यू टावर हुँदै जाने र फर्किने गरेको उहाँले बताउनुभयो ।

निर्माण सुरु भएको ६ वर्षको अवधिमा निर्माण सम्पन्न भएको भ्यूटावर सञ्चालनमा आएपछि गत वर्ष केही समय भ्यूटावर परिसरमा तोडफोड र अस्तव्यस्त बनेको थियो । तर, अहिले भ्यू टावर परिसरमा केही नयाँ व्यवस्थापन गरिएको देखिएको छ । एक पटक अलपत्र अवस्थामा पुगेको भ्यू टावर परिसरलाई व्यवस्थित बनाएर सञ्चालनमा ल्याएको पाइएपनि टावरभित्र थप नयाँ आकर्षक व्यवस्थापन हुन सकेको छैन । गत वर्ष प्रदेश सरकारको ५० र नगरपालिकाको २० लाख लागतमा भ्यूटावर परिसरलाई व्यवस्थित र नयाँ संरचना निर्माणको काम गरिएको छ । भ्यु टावरलाई अझै व्यवस्थित गर्दै लैजाने योजना रहेको भीमेश्वर नगरपालिकाले जनाएको छ ।

भ्यूटावर जानको लागि चरिकोटबाट सिमपानी, देउराली र खोरथली सामुदायिक बन हुँदै जान सकिन्छ । भ्यु टावरको निर्माणसँगै नरपालिकाले टावरसम्म पुग्ने सडक ट्रयाक खोलेको छ भने सो स्थानसम्म अझै सडक स्तरोन्नति भने हुन बाँकी रहेको छ । २०६८ सालदेखि निर्माण गर्न सुरु गरिएको भ्यू टावर २०७४ साल भदौदेखि निर्माण सम्पन्न नहुँदै सञ्चालनमा आएको थियो ।

नगरपालिकाको बजेटबाट गत वर्ष टावर मुनी पर्यटकहरुलाई खाना खाजा खुवाउनको लागि रेष्टुरेन्ट, गेट निर्माण लगायतको काम गरिएको र प्रदेश सरकारको बजेटमा करिब ७० जनाको समूहमा बैठक बस्न मिल्नेगरी बैठक हल र सिँढी निर्माण गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मान बहादुर खड्काले जानकारी दिनुभयो । यस अघि भ्रमणमा गएर भोक भोकै फर्कनुपर्ने पर्यटकको बाध्यता हटाउनको लागि भ्यू टावरमा यो वर्षको दशैंअघिदेखि रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको छ । नगरपालिकाले वर्षीक भ्यू टावरबाट ६० हजार आम्दानी लिने गरेको छ । नगरपालिकासँग सम्झौता गरेर भ्यू टावर सञ्चालनमा खटिएका गणेश कार्कीको अनुसार आफूले नगरपालिकालाई वर्षीक ६० हजार टावरको आम्दानी बुझाउने गरेको छ ।

भ्यूटावर जानको लागि चरिकोटबाट सिमपानी, देउराली र खोरथली सामुदायिक बन हुँदै जान सकिन्छ । भ्यु टावरको निर्माणसँगै नरपालिकाले टावरसम्म पुग्ने सडक ट्रयाक खोलेको छ भने सो स्थानसम्म अझै सडक स्तरोन्नति भने हुन बाँकी रहेको छ । २०६८ सालदेखि निर्माण गर्न सुरु गरिएको भ्यू टावर २०७४ साल भदौदेखि निर्माण सम्पन्न नहुँदै सञ्चालनमा आएको थियो ।

२० पौष, २०७७ । ८ः२५ बजे प्रकाशित ।

VIEWS: 3125 पटक हेरीएको
error: Content is protected !!