चरिकोट र जिरीमा ‘भिजिट नेपाल २०२०’ को यसरी गरियो स्वागत

4 weeks ago/Tuesday, December 31st, 2019

जिरी (दोलखा), १५ पुस ।

नेपाल भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा दोलखाको सदरमुकाम चरिकोट र पर्यटकीय नगरी जिरीमा विभिन्न कार्यक्रमको आयोजना गरी भ्रमण वर्षलाई स्वागत गरिएको छ ।

सदरमुकाम चरिकोटको सातदोबाटो चोकमा झिलिमिली उज्यालो बत्ती सहित विभिन्न कार्यक्रमको आयोजना गरी स्वागत गरिएको हो । भ्रमण वर्षको स्वागत र किवी महोत्सवको पूर्वसन्ध्यामा सदरमुकाम चरिकोटको सातदोबाटो र चरिघ्याङ क्षेत्रलाई झिलीमिली बत्तीसहित सजाइएको छ । यसैगरी भ्रमण वर्षकै पूर्वसन्ध्यामा पर्यटकीय नगरी जिरीमा पनि आज बेलुकी दिप प्रज्वलन सहितको विभिन्न कार्यक्रम गरिएको छ । भ्रमण वर्षको स्वागतमा दिपावली र दिव प्रज्वलन गरी लिंकनबजारको मुख्य सडकमा भिजीट नेपाल ट्वान्टी–ट्वान्टी लेखेर स्थानीले स्वागत गरेका हुन् ।

 

१५ पुस, २०७६ । ९ः०० बजे प्रकाशित ।

VIEWS: 13035 पटक हेरीएको
error: Content is protected !!