चालु बर्षदेखि दोलखाका सबै स्थानीय तहमा ‘किवि जोन’ कार्यक्रम लागु हुने

1 month ago/Friday, September 18th, 2020

करुणा बस्नेत ।

दोलखा, २ असोज ।

प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना, परियोजना कार्यान्वयन इकाई (किवी जोन) दोलखाले चालु आर्थिक वर्ष २०७७/७८ मा जिल्लाका सबै स्थानीय तहमा अनुदानका कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

विगतका वर्षहरुमा दोलखाका ६ वटा स्थानीय तहलाई मात्रै कार्यक्षेत्र बनाएर कार्यक्रम सञ्चालन गरेको किवी जोन दोलखाले चालु वर्ष अन्य तीन स्थानीय तहमा पनि अनुदानका कार्यक्रम सञ्चालन गर्ने भएको हो । जिल्लालाई जोन क्षेत्र बनाउनका लागि भन्दै केन्द्रबाट ५ सय हेक्टर क्षेत्रफलमा किवि खेती विस्तार गर्न भनिएपछि थप स्थानीय तहलाई पनि समेटेर अनुदानका कार्यक्रम सञ्चालन गर्न लागिएको किवी जोन दोलखाका वरिष्ठ कृषि विकास अधिकृत मोहनप्रसाद खतिवडा जानकारी दिनुभयो । सोहीअनुसार चालु वर्ष किवी जोन कार्यालयले ५ सय हेक्टर क्षेत्रफलमा किवी खेती विस्तार गर्ने लक्ष्य लिएको छ । किवी जोन दोलखामा हाल २ सय ३१ हेक्टर क्षेत्रफलमा किवी खेती भईरहेको छ ।

कार्यालय प्रमुख खतिवडाका अनुसार चालु वर्ष किवी खेती विस्तार गर्ने कार्यक्रम रहेका कारण कार्यक्षेत्र भन्दा बाहिरका कुनै पनि सहकारी, व्यक्तिगत फर्मले १/२ रोपनी जग्गा किवी खेती गर्न चाहेमा किवी जोन दोलखाले त्यस्ता क्षेत्रमा माटो निशुल्क परीक्षण समेत गरिदिने भएको छ । हालसम्म जिल्लाको भीमेश्वर नगरपालिका, कालिन्चोक गाउँपालिका, शैलुङ्ग गाँउपालिका, जिरि नगरपालिका, गौरीशंकर गाउँपालिका र विगु गाउँपालिकामा किवी जोन कार्यालयबाट अनुदानका कार्यक्रम सञ्चालन हुँदै आएको थियो । तर, अब भने बैतेश्वर, मेलुङ र तामाकोशी गाउँपालिकामा पनि कार्यक्रम सञ्चालन गर्न सकिने किवी जोन दोलखाका प्रमुख खतिवडाले जानकारी दिनुभयो ।

विगतका वर्षहरुमा दोलखाका ६ वटा स्थानीय तहलाई मात्रै कार्यक्षेत्र बनाएर कार्यक्रम सञ्चालन गरेको किवी जोन दोलखाले चालु वर्ष अन्य तीन स्थानीय तहमा पनि अनुदानका कार्यक्रम सञ्चालन गर्ने भएको छ । कुनै पनि सहकारी, व्यक्तिगत फर्मले १/२ रोपनी जग्गा किवी खेती गर्न चाहेमा किवी जोन दोलखाले त्यस्ता क्षेत्रमा माटो निशुल्क परीक्षण समेत गरिदिने भएको छ ।

यसैबीच, प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना, परियोजना कार्यान्वयन इकाई (किवी जोन) दोलखाले चालु वर्ष ३ करोड भन्दा बढी अनुदानको कार्यक्रम सञ्चालन गर्ने भएको छ । किवी जोन दोलखाले चालु वर्ष किवी क्षेत्र विस्तारलाई प्राथमिकता दिँदै ३ करोड ९ लाख बराबरको अनुदानको कार्यक्रम सञ्चालन गर्ने भएको हो । गत वर्ष २ करोड ५१ लाख ६० हजार बराबरको कार्यक्रम सञ्चालन गरेको कार्यालयले यो वर्ष जिल्लाका सबै क्षेत्रमा किवी खेती विस्तार गर्ने उद्धेस्यले ३ करोड भन्दा बढी बजेटको कार्यक्रम ल्याएको हो । कार्यालयका अनुसार चालु वर्ष कार्यालयमा ३ करोड ९५ लाख बजेट आएको छ । त्यसमध्ये ३ करोड ९ लाख रकम अनुदानका कार्यक्रम सञ्चालनमा, ८ लाख ७ हजार रकम अध्ययन, रिपोर्टिङ र क्षमता अविभृद्धिका लागि खर्च हुनेछ भने बाँकी रकम कार्यालय सञ्चालनमा खर्च गरिनेछ ।

किवी जोन दोलखाले चालु वर्ष ३ करोड ९ लाख अनुदानको कार्यक्रम सञ्चालन गर्ने भएको छ । कार्यालयका अनुसार चालु वर्ष सबैभन्दा धेरै रकम किवीको थाँक्रामा अनुदानको कार्यक्रम सञ्चालनका लागि ९७ लाख बजेट विनियोजना गरिएको छ । सबै कार्यक्रम ५० प्रतिशत अनुदानमा सञ्चालन हुने कार्यक्रम हुन् ।

कार्यालयका अनुसार चालु वर्ष सबैभन्दा धेरै रकम किवीको थाँक्रामा अनुदानको कार्यक्रम सञ्चालनका लागि ९७ लाख बजेट विनियोजना गरिएको छ । यस्तै पहिलेदेखिको कार्यक्षेत्रभित्र मात्रै किवी बगैँचा स्थापना कार्यक्रमका लागि ५६ लाख, सिचाईसँग सम्बन्धीत कामका लागि ४५ लाख, चक्लाबन्दीमा किवी पकेट कार्यक्रमका लागि ४० लाख, मेसिनरी औजार उपकरणमा १० लाख बजेट बिनियोजन गरिएको छ । चालु वर्ष प्याकेजीङ, लेबलीङ तथा पोष्ट हार्वेस क्षति न्युनिकरण कार्यक्रममा १० लाख र क्षेत्र विस्तार हुने स्थानको माटो परीक्षण सिविर सेवाका लागि २ लाख बजेट विनियोजन गरिएको किवी जोन दोलखाले जनाएको छ ।

यी सबै कार्यक्रम ५० प्रतिशत अनुदानमा सञ्चालन हुने कार्यक्रम हुन् । यद्धपि व्यक्तिगतरुपमा सो कार्यक्रम सञ्चालन भए प्रत्येक व्यक्तिहरुका लागि ५० प्रतिशत र सामुदायिक, समुह र सहकारी भएमा ८५ प्रतिशतसम्म अनुदानका कार्यक्रम सञ्चालन गर्न सकिने किवी जोन दोलखाका प्रमुख खतिवडाले जानकारी दिनुभयो ।

२ असोज, २०७७ । ७ः५० बजे प्रकाशित ।

VIEWS: 2070 पटक हेरीएको
error: Content is protected !!