चिनको छङ्दु नगरपालिकाले जिरी नगरपालिकालाई लाखौंको स्वास्थ्य सामाग्री दिँदै

2 days ago/Friday, May 22nd, 2020

विपना थापा मगर ।

जिरी (दोलखा), ९ जेठ ।

दोलखाको जिरी नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गरेको चीनको छङ्दु नगरपालिकाले जिरी नगरलाई कोरोना भाइरसको संक्रमण रोकथामका लागि ३१ लाख भन्दा बढीको स्वास्थ्य सामाग्री सहयोग गर्ने भएको छ ।

चीनको काउरो डिस्ट्रिकको छङ्दु नगरपालिकाले भगिनि सम्बन्ध जोडेको जिरी नगरपालिकालाई पीपीइ सेट लगायतका ३१ लाख भन्दा बढीको स्वास्थ्य सामाग्री सहयोग गर्ने भएको हो । छङदु नगरपालिकाले पीपीई सेट ३ सय ६० थान, एन ९५ मास्क ५ सय थान, सर्जीकल मास्क ३० हजार थान, थर्मल गन ८० थान र ८ सय जोर ह्यान्ड ग्लोब्स सहयोग गर्ने भएको जिरी नगरपालिकका नगरप्रमुख टंक जिरेलले जानकारी दिनुभयो । ती स्वास्थ्य सामाग्री नेपाल ल्याउन भन्सार छुट गरी ल्याउने विषयमा छलफल भइरहेको र भन्सार छुटको प्रक्रिया टुंगो लागिसकेपछि नगरपालिकाको टोली स्वास्थ्य सामग्री लिन तातोपानी नाका जाने उहाँले बताउनुभयो ।

चीनको छङ्दु नगरपालिकाले सहयोग गर्ने सो स्वास्थ्य सामग्री नगरपालिका अन्र्तगतका स्वास्थ्य चौकी तथा अस्पतालहरुमा प्रयोग गरिने र बाकी जिल्लाका अन्य स्थानीय तहरुलाई पनि वितरण गरिने जिरी नगरपालिकाले जनाएको छ । चिनको छङदु नगरपालिका र दोलखाको जिरी नगरपालिकाबीच २०७६ साल असोज २८ गते भगीनी सम्बन्ध स्थापना भएको थियो ।

छङदु नगरपालिकाले पीपीई सेट ३ सय ६० थान, एन ९५ मास्क ५ सय थान, सर्जीकल मास्क ३० हजार थान, थर्मल गन ८० थान र ८ सय जोर ह्यान्ड ग्लोब्स सहयोग गर्ने भएको जिरी नगरपालिकका नगरप्रमुख टंक जिरेलले जानकारी दिनुभयो । ती स्वास्थ्य सामाग्री नेपाल ल्याउन भन्सार छुट गरी ल्याउने विषयमा छलफल भइरहेको र भन्सार छुटको प्रक्रिया टुंगो लागिसकेपछि नगरपालिकाको टोली स्वास्थ्य सामग्री लिन तातोपानी नाका जाने उहाँले बताउनुभयो ।

यसअघि चिनको निन्ग्री काउन्टी सिगात्सेले पनि दोलखा जिल्लालाई कोरोना भाइरस टेष्ट किट सहितका स्वास्थ्य सामग्री र खाद्यान्न सहयोग गरेको थियो । चीनले केही समयअघि दोलखाका लागि १२ सय थान क्विक टेष्ट किट, १ लाख २० हजार डिस्पोजेबल मास्क, १२ सय थान एन ९५ मास्क, ११ सय थान पिपीइ र १ सय थान थर्मोमिटर सहयोग गरेको थियो । चीनले सहयोग गरेको ती सामग्रीमध्ये बिगु गाउँपालिकाले ५० हजार थान डिस्पोजेबल मेडिकल मास्क, ४ सय थान क्विट टेष्ट किट, ६ सय थान एन ९५ मास्क, ४ सय थान पिपिइ र ४० थान थमर्मोमिटर पाएको थियो । बाँकी सामाग्रीहरु भने जिल्लाभित्र जुनसुकै स्थानमा आवश्यक परेपनि आवश्यकताका आधारमा वितरण गर्नेगरी जिल्ला राखिएको थियो ।

९ जेठ, २०७७ । ८ः५५ बजे प्रकाशित ।

VIEWS: 2505 पटक हेरीएको
error: Content is protected !!