चिनले सहयोग गरेको स्वास्थ्य सामाग्री जिरी आइपुग्यो

2 months ago/Tuesday, June 9th, 2020

जिरी (दोलखा), २७ जेठ ।

दोलखाको जिरी नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गरेको चीनको छङ्दु नगरपालिकाले जिरी नगरलाई कोरोना भाइरसको संक्रमण रोकथामका लागि १९ लाख भन्दा बढिको स्वास्थ्य सामाग्री सहयोग गरेकोे छ ।

चीनको काउरो डिस्ट्रिकको छङ्दु नगरपालिकाले भगिनी सम्बन्ध जोडेको जिरी नगरपालिकालाई पीपीइ सेट लगायतका १९ लाख ५४ हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको हो । छङदु नगरपालिकाले पीपीई सेट ३ सय ६० थान, एन ९५ मास्क ५ सय थान, सर्जीकल मास्क ३० हजार थान, थर्मल गन ८० थान र ८ सय जोर ह्यान्ड ग्लोब्स सहयोग गरेकोे जिरी नगरपालिकका नगरप्रमुख टंक जिरेलले जानकारी दिनुभयो । चीनले सहयोग गरेको सो सामाग्री लिन नगरप्रमुख जिरेल, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल लगायतका टोली शुक्रबार तातोपानी भन्सार कार्यालय पुगेका थिए ।

छङदु नगरपालिकाले पीपीई सेट ३ सय ६० थान, एन ९५ मास्क ५ सय थान, सर्जीकल मास्क ३० हजार थान, थर्मल गन ८० थान र ८ सय जोर ह्यान्ड ग्लोब्स सहयोग गरेकोे जिरी नगरपालिकका नगरप्रमुख टंक जिरेलले जानकारी दिनुभयो । चीनले सहयोग गरेको सो सामाग्री लिन नगरप्रमुख जिरेल, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल लगायतका टोली शुक्रबार तातोपानी भन्सार कार्यालय पुगेका थिए ।

चीनले सहयोग गरेको सो सामग्री सोमबार मात्रै नगरपालिका ल्याएको नगरप्रमुख जिरेलले बताउनुभयो । सो स्वास्थ्य सामग्री हाल नगरपालिकामा रहेको र नगरपालिका अन्तर्गतका स्वास्थ्य चौकी तथा अस्पतालहरुमा प्रयोग गरिने  जिरी नगरपालिकाले जनाएको छ । जिरीमा बढी भएको स्वास्थ्य सामाग्री जिल्लाका अन्य स्थानीय तहरुलाई पनि वितरण गरिनेछ ।

चिनको छङदु नगरपालिका र दोलखाको जिरी नगरपालिकाबीच २०७६ साल असोज २८ गते भगिनी सम्बन्ध स्थापना भएको थियो ।

२७ जेठ, २०७७ । ३ः०० बजे प्रकाशित ।

VIEWS: 3400 पटक हेरीएको
error: Content is protected !!