चीन सरकारद्धारा दोलखाका लागि ठूलो परिमाणमा स्वास्थ्य सामाग्रि र खाद्यान्न सहयोग

2 weeks ago/Wednesday, May 13th, 2020

ईदोलखा संवाददाता ।

दोलखा, ३१ बैशाख ।

चीन सरकारले चीनसँग सिमा जोडिएको दोलखा जिल्लालाई ठूलो परिमाणमा कोरोना भाईरस टेष्ट किट सहितका स्वास्थ्य सामाग्रि र खाद्यान्न सहयोग गरेको छ ।

चीनको निन्ग्री काउन्टी सिगात्सेले दोलखा जिल्लाका लागि क्विक टेष्ट किट, पिपिई, मास्क, थर्मोमिटर लगायतका स्वास्थय सामाग्रि र बिगु गाउँपालिकालाई चामल, तेल, पिठो, चिनी लगायतका खाद्यान्न सामाग्रि सहयोग गरेको हो । दोलखाका लागि सहयोग वापत उपलव्ध भएको स्वास्थय सामाग्रि र खाद्यान्न आज बिगु गाउँपालिकाले बुझेर जिल्ला ल्याउँदै छ । चीनले चार दिन अघि तातोपानी भन्सारमा आएको सहयोग सामाग्रि भन्सार छुटका लागि प्रक्रियामा जानु परेका कारण नाकामै थन्किएर बसेको थियो । चीनको सहयोगमा प्राप्त हुने स्वास्थय सामाग्रि र खाद्यान्न बुझ्नका लागि आईतवार प्रदेश साँसद विशाल खड्का, बिगु गाउँपालिकाका अध्यक्ष युधिस्ठिर खड्का र उपाध्यक्ष सञ्जीव ओली तातोपानी नाका पुगेका थिए ।

चीन सरकारले दोलखाका लागि १२ सय थान क्विक टेस्ट किट, १ लाख २० हजार डिस्पोजल मेडिकल मास्क, १२ सय थान एन ९५ मास्क, ११ सय थान पिपिई र १ सय १० थान थर्मोमिटर सहयोग गरेको हो । सहयोग प्राप्त स्वास्थय सामाग्रि मध्ये बिगु गाउँपालिकाले ५० हजार थान डिस्पोजल मेडिकल मास्क, ४ सय थान क्विक टेस्ट किट, ६ सय थान एन ९५ मास्क, ४ सय थान पिपिई र ४० थान थर्मोमिटर पाउने छ । बाँकी स्वास्थ्य सामाग्रि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा राखेर जिल्लामा आवस्यक्ता अनुसार प्रयोग गरिने बागमति प्रदेशका साँसद विशाल खड्काले जानकारी दिनुभयो ।

दोलखालाई सहयोग वापत प्राप्त हुने सामाग्रिको विवरण साँसद सहित जनप्रतिनिधिको टोलीले बुझेपछि भन्सार छुटका लागि सँघीय सरकारसँग पहल गरिएको थियो । जस अनुसार मन्त्रि परिषदको बैठक र स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको शिफारिसका आधारमा स्वास्थ्य सामाग्रि सत प्रतिशत भन्सार छुट र खाद्यान्न एक प्रतिशत भन्सार शुल्क तिरेर ल्याउन लागिएको हो । चिनले कोरोना परिक्षणका लागि क्विक टेस्ट किट १२ सय थान सहयोग गरेकोमा ४ सय थान स्वास्थ्य सेवा विभागमा राखिने भएको छ भने ४ सय थान बिगु गाउँपालिका र ४ सय थान किट प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा राखिने छ ।

चीन सरकारले दोलखाका लागि १२ सय थान क्विक टेस्ट किट, १ लाख २० हजार डिस्पोजल मेडिकल मास्क, १२ सय थान एन ९५ मास्क, ११ सय थान पिपिई र १ सय १० थान थर्मोमिटर सहयोग गरेको हो । सहयोग प्राप्त स्वास्थय सामाग्रि मध्ये बिगु गाउँपालिकाले ५० हजार थान डिस्पोजल मेडिकल मास्क, ४ सय थान क्विक टेस्ट किट, ६ सय थान एन ९५ मास्क, ४ सय थान पिपिई र ४० थान थर्मोमिटर पाउने छ । बाँकी स्वास्थ्य सामाग्रि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा राखेर जिल्लामा आवस्यक्ता अनुसार प्रयोग गरिने बागमति प्रदेशका साँसद विशाल खड्काले जानकारी दिनुभयो ।

यस्तै, चीनको सहयोगमा बिगु गाउँपालिकाका लागि २२ हजार ५ सय किलो चामल, १२ हजार ५ सय किलो पिठो, ४५ सय किलो तेल, ४८ सय किलो चिनी, २१ सय ६० किलो दुध पाउडर, १६ हजार ५ सय किलो चिया उपलव्ध भएको छ । बिगु गाउँपालिकाका उपाध्यक्ष सञ्जीव ओलीले मित्रराष्ट्र चीनवाट प्राप्त भएको खाद्यान्न बिपन्न, असाहय र जोखिम परेका नागरिकलाई बितरण गर्ने जानकारी दिनुभयो ।

३१ बैशाख, २०७७ । ५ः०० बजे प्रकाशित ।

VIEWS: 14400 पटक हेरीएको
error: Content is protected !!