पदमार्ग डोजरले बिगारेपछि जिरीवाट हुँदै आएको ‘एभरेष्ट म्याराथन’ ओखलढुँगावाट शुरु गरिदै

1 week ago/Thursday, November 7th, 2019

सिर्जना गोले ।

जिरी (दोलखा) २१ कात्तिक ।

विगत आठ बर्षदेखि दोलखाको पर्यटकीय नगरी जिरीबाट हुँदै आएको अन्तराष्ट्रिय स्तरको म्याराथन दौड प्रतियोगिता यो वर्षबाट ओखलढुंगाको पात्लेबाट सुरु हुने भएको छ ।

अन्नपूर्ण ट्रेक्स एण्ड एक्सपिडिसनको आयोजनामा हुने अन्तराष्ट्रियस्तरको म्याराथन दौड ओखलढुँगाको पात्लेबाट यही कात्तिक २५ गते अर्थात नोबेम्बर ११ मा सुरु हुने भएको हो । सगरमाथाको प्रथम आरोही तेन्जिङ शेर्पा र एडमण्ड हिलारीको पदमार्गलाई पछ्याउँदै जिरीवाट आयोजना भईरहेको म्याराथन ओखलढुँगावाट हुने भएपछि जिरीको पर्यटनमा थप असर पुग्ने छ । जिरीदेखि सगरमाथा आधार शिविरसम्म पुग्ने पदमार्ग सडक निर्माणको क्रममा डोजरले बिगारेका कारण सो मार्ग हुँदै म्याराथन दौड सँचालन गर्न कठिन भएको र बिभिन्न स्थानमा पर्यटकले अनावस्यक कर तिर्नु परेका कारण नयाँ ठाउँवाट सुरु गर्न लागिएको आयोजक अन्नपूर्ण ट्रेक्स एण्ड एक्सपिडिसनका निर्देशक कामी शेर्पाले जानकारी दिनुभयो ।

निर्देशक शेर्पाका अनुसार यो बर्षको म्याराथन दौड ओखलढुँगाको पात्लेबाट सोलुखुम्बुको पिके, त्याङबुचे, थामे, नाम्चे र खुम्जुङ हुँदै लुक्लासम्म पुगेर सम्पन्न हुनेछ । प्रतियोगितामा करिब १२ राष्ट्रका ५३ जना धावकहरुको सहभागीता रहने आयोजकले जनाएको छ ।  जसमध्ये नेपाली महिला १ जना सहित करिब ८ जना महिला र अन्य पुरुष धावकहरु रहने छन् ।

जिरी हुँदै सगरमाथा आधार शिविरसम्मको पदमार्गलाई नयाँ ढँगले निर्माण गर्न पर्यटन बोर्डले बजेट समेत बिनियोजन गरिसकेको र नयाँ ट्रयाक निर्माण पछि पुनः जिरीवाटै प्रतियोगिता सुरु गरिने उहाँले बताउनुभयो । निर्देशक शेर्पाका अनुसार यो बर्षको म्याराथन दौड ओखलढुँगाको पात्लेबाट सोलुखुम्बुको पिके, त्याङबुचे, थामे, नाम्चे र खुम्जुङ हुँदै लुक्लासम्म पुगेर सम्पन्न हुनेछ । प्रतियोगितामा करिब १२ राष्ट्रका ५३ जना धावकहरुको सहभागीता रहने आयोजकले जनाएको छ । जसमध्ये नेपाली महिला १ जना सहित करिब ८ जना महिला र अन्य पुरुष धावकहरु रहने छन् ।

प्रतियोगितामा सहभागी महिला र पुरुषको छुट्टाछुट्टै मुल्यांकन हुनेछ भने दौड १ सय ७५ किलोमिटरको हुनेछ । प्रतियोगिताका विजेताहरुलाई मँसिर २ गते काठमाण्डौंमा बिशेष कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गर्ने आयोजकको तयारी छ । अन्तराष्ट्रिय म्याराथनमा प्रथम हुनेले नगद २ लाख, द्धितीय हुने १ लाख ५० हजार र तृतीय हुनेले नगद १ लाख पाउने छन् । अन्नपूर्ण ट्रेक्स एण्ड एक्सपिडिसनले पहिलो पटक जिरीबाट सन् २०११ मा म्याराथन दौड प्रतियोगिताको सुरुवात गरेको थियो । अन्नपूर्ण ट्रेक्सका अनुसार जिरीबाट आठौं पटक म्याराथन दौड भईसके पनि नवौं पटकको म्याराथन दौड ओखलढुंगाबाट हुने भएको हो ।

२१ कात्तिक, २०७६ । ७ः१५ बजे प्रकाशित ।

VIEWS: 2320 पटक हेरीएको
error: Content is protected !!