जनउत्थान साकोसको बन्यो नयाँ भवन, सांसद खड्काद्धारा उदघाटन

1 month ago/Tuesday, October 15th, 2019

(मिर्गे) दोलखा, २८ असोज ।

दोलखाको बैतेस्वर गाउँपालिका वडा नम्बर ३ स्थित जनउत्थान बचत तथा ऋण सहकारी सँस्था लिमिटेडको नवनिर्मित भवनको आज उद्घाटन गरिएको छ ।

प्रदेश सभाका सांसद विशाल खड्काले जनउत्थानको १९ औं वार्षिक साधारण सभाको अवसर पारेर नवनिर्मित भवनको आज उद्घाटन गर्नुभएको हो । नवनिर्मित भनवको लागत करिव ३० लाख रुपैयाँ रहेको छ । उद्घाटन मन्तव्य व्यक्त गर्दै सांसद खड्काले प्रत्येक घर र व्यक्ति व्यक्तिसम्म पहुँच भएको सहकारीकै माध्यमवाट सरकारले काम गर्ने भन्दै सरकार र सहकारीको सम्वन्ध नङ र मासुको जस्तो हुनु पर्ने बताउनुभयो । उहाँले सरकार र सहकारीको साझेदारीका माध्यमवाट मात्रै आर्थिक उपार्जन, शुसासन, पारदर्शिता र भ्रष्टाचार उन्मुलन गर्न सकिने हुँदा सहकारीले आर्थिक कारोवार मात्रै नभएर उत्पादन, व्यवसाय र रोजगारी सिर्जना हुने क्षेत्रमा लगानी गर्नु पर्ने धारणा राख्नुभयो ।
साधारण सभामा वाषिक प्रतिवेदन प्रस्तुत गर्दै सचिव कर्णदोेर्जे शेर्पाले व्यवसायीक खेति र पशुपालनका क्षेत्रमा काम गर्ने शेयर सदस्यलाई सहकारीले व्याजमा छुट दिने कार्यक्रम ल्याएको जानकारी दिनुभयो ।

यस्तै, सँस्थाका कोषाध्यक्ष तेन्जिङ शेर्पाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गत असार मसान्तसम्म सँस्थाको शेयर पूँजि ६२ लाख ३४ हजार ८ सय र ५ करोड २८ लाख ३७ हजार ५ सय ८७ बचत गरी कूल पूँजि ६ करोड ९६ लाख ५१ हजार ४ सय ७ रुपैयाँ पुगेको बताउनुभयो । जनउत्थानले गत आर्थिक बर्षको कारोवारवाट १७ लाख ७८ हजार ७ सय ३७ रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । सँस्थाका अध्यक्ष अमृत शेर्पाको अध्यक्षतामा सम्पन्न साधारण सभामा दोलखा जिल्ला वचत तथा ऋण सहकारी सँस्था लिमिटेडका अध्यक्ष जिवसराज खड्का, बैतेस्वर गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्य, सामुदायिक रेडियो प्रसारक सँघका केन्द्रिय कोषाध्यक्ष लक्ष्मण खड्का, जिरी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष डुके शेर्पा, वडा नम्बर ८ का कार्यवाहक वडा अध्यक्ष पेमादोर्जे शेर्पा, बैतेस्वर गाउँपालिका वडा नम्बर ३ का कार्यवाहक वडा अध्यक्ष मणिक तामाङ, जिल्ला सहकारी सँघका सँचालक सदस्य हर्कमान पाख्रिन र पुस्करकुमार दाहाल, जनजागरण साकोसका अध्यक्ष पवनप्रसाद दाहाल, जनउत्थान साकोसका उपाध्यक्ष केदार दाहाल, सदस्य रामजि दाहाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

जनउत्थान साकोसले वार्षिक साधारण सभाको अवसर पारेर जेष्ठ शेयर सदस्यहरु फुरे शेर्पा र सुनमाला तामाङ, एसईई परिक्षामा उत्कृष्ट अँक ल्याउन सफल ल्हडोमा शेर्पा र आङमिमा शेर्पा तथा उत्कृष्ट वचतकर्ता, असल ऋणि र बिभिन्न तहमा अध्ययन गर्ने जेहेन्दार बिद्यार्थीहरुलाई नगद सहित सम्मान र पुरस्कार पनि प्रदान गरेको छ । जनउत्थानमा १६ सय ३९ शेयर सदस्य र ८ सय ७३ बाल सदस्य रहेका छन् ।

२८ असोज २०७६ । ८ः३० बजे प्रकाशित

VIEWS: 2460 पटक हेरीएको
error: Content is protected !!