जरिङ्गोको साग खाएर ४ जना बिरामी

1 year ago/Tuesday, June 5th, 2018

दोलखा, २२ जेठ ।

दोलखाको बैत्यश्वर गाउँपालिकामा जरिङ्गोको साग खाँदा ४ जना विरामी परेका छन् ।

जिल्लाको बैत्यश्वर गाउँपालिका ८ स्थित एबोमा जरिंगोको साग खाएर हरिराम बस्नेत र उनकी श्रीमती नरमाया बस्नेत तथा भाई तेजबहादुर बस्नेत र उनकी श्रीमति लक्ष्मी बस्नेत विरामी परेका हुन् । ती मध्य गम्भिर अवस्थाका हरिराम बस्नेतको भने काठमाडौँस्थित शिक्षण अस्पतालमा उपचार भईरहेको दोलखा प्रहरीले जनाएको छ । अन्य विरामीहरुको भने दोलखा सदरमुकाम चरिकोटस्थित सामुदायिक अस्पतालमा उपचार भईरहेको छ । साग खाएलगत्तै अचानक उल्टी हुने, रिंगटा लाग्ने, काम्ने जस्ता लक्षणहरु देखिएको र केही समयमै उनीहरु अचेत भएको बैत्यश्वर गाउँपालिका वडा नम्वर ८ का वडाध्यक्ष रमेश अधिकारीले जानकारी दिनुभयो ।

यद्धपी, अस्पतालले भने जरिङ्गोको सागका कारण बिरामी भएको नभई कहिलेकाहिँ फुड पोईजनका कारण पनि यस्तो हुने बताएको छ । बिरामी भएका परिवारको आर्थिक अवस्था कमजोर भएको भन्दै गाउँपालिकाले नगद १५ हजार जुटाएर आर्थिक सहयोग गरेको गाउँपालिकाका अध्यक्ष छवि लामाले जानकारी दिनुभयो ।

२२ जेठ, २०७५ । ६ः३० बजे प्रकाशित ।

VIEWS: 1955 पटक हेरीएको
error: Content is protected !!