जापानमा गम्भीर बिरामी परेका दोलखाली युवकको उपचारको लागि दोलखा समाज जापानको ७ लाख ८ हजार सहयोग

1 month ago/Sunday, January 26th, 2020

जापान, १२ माघ ।

अध्ययनको शिलसिलामा जापान पुगी गम्भीर बिरामी परेका दोलखाका एक युवकको उपचारका लागि दोलखा समाज जापानले ७ लाख भन्दा बढी रकम सहयोग गरेको छ ।

जिल्लाको विगु गाउँपालिका ४ लादुक घर भई हाल जापानमा बिरामी रहेका अनिश खड्काको उपचारका लागि दोलखा समाज जापानले ७ लाख ८ हजार ९ सय ६६ रुपैंया आर्थिक सहयोग गरेको हो । दोलखाको विगु गाउँपालिका वडा नम्बर ४ स्थायी घर भई जापानमा व्यवसाय गर्दै आएका दोलखा समाज जापानका उपाध्यक्ष महेश खड्काको संयोजकत्वमा सहयोग संकलन समिति गठन गरेर सो सहयोग जुटाइएको हो ।  सहयोग रकम दोलखा समाज जापानका अध्यक्ष नबराज थापाले हिजो एक कार्यक्रमका बीच उनका बुबा भरत खड्कालाई हस्तान्तरण गर्नुभयो । यसअघि पनि अनिशको दोलखाली समाज जापानकै सहयोगमा उपचार हुँदै आएको थियो ।

दोलखाको विगु गाउँपालिका वडा नम्बर ४ स्थायी घर भई जापानमा व्यवसाय गर्दै आएका दोलखा समाज जापानका उपाध्यक्ष महेश खड्काको संयोजकत्वमा सहयोग संकलन समिति गठन गरेर ७ लाख ८ हजार ९ सय ६६ रुपैंया आर्थिक सहयोग जुटाइएको हो । यसअघि पनि अनिशको दोलखाली समाज जापानकै सहयोगमा उपचार हुँदै आएको थियो । उपचारत उनलाई ह्वाइट ब्लड सेलको कमीका कारण हुने लुकीमिया भन्ने रोग लागेको उपचारमा संलग्न डक्टरहरुले बताएका छन् ।

केही महिनादेखि बिरामी भई अस्पतालमा रहेका अनिशलाई समाजका अध्यक्ष थापा र उपाध्यक्ष खड्का स्वयम गएर अस्पतालमा भर्ना गराएका थिए । गत अक्टोबर १७ तारिखमा आफ्नै कोठामा एक्कासी ढलेर अचेत अवस्थामा रहेका उनलाई  जापानको साइतामास्थित इरियो सेन्ता अस्पतालमा पु¥याइएको थियो । उपचारत उनलाई ह्वाइट ब्लड सेलको कमीका कारण हुने लुकीमिया भन्ने रोग लागेको उपचारमा संलग्न डक्टरहरुले बताएका छन् ।  चार वर्ष अघि जापान पुगेका अनिश हाल यान्ताई इलेक्ट्रोनिक्स इन्फरमेसन एण्ड बिजनेश स्कुल टोकियोमा आइटी साइन्स अध्ययन गर्दै आएका छन् । अध्ययनकै शिलसिलामा गम्भीर बिरामी परि लामो समय अस्पतालमा उपचार गराएका अनिशको अहिले पनि डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको छ ।

१२ माघ, २०७६ । ८ः१० बजे प्रकाशित ।

VIEWS: 7480 पटक हेरीएको
error: Content is protected !!