जापान पुगेका साँसद जिप्छिरिङ लामालाई दोलखा समाजको सम्मान

2 weeks ago/Saturday, November 30th, 2019

टोकियो (जापान), १४ मंसिर ।

प्रतितिधि सभाका साँसद एवँ नेपाली कांग्रेसका नेता जिप्छिरिङ लामालाई दोलखा समाज जापानले सम्मान गरेको छ ।

नेपाल भ्रमण बर्ष २०२० को प्रचारप्रसारको शिलशिलामा जापान पुगेका साँसद लामालाई आज दोलखा समाज जापानले सम्मान गरेको हो । सम्मान ग्रहण गर्दै साँसद लामाले आफु भ्रमणको शिलशिलामा जापान पुगेको र नेपाल भ्रमण बर्षको समेत प्रचारप्रसार गर्ने योजना रहेको बताउनुभयो । उहाँले जापानमा रहेका दोलखालीहरुलाई स्वदेशमै लगानी गर्न आग्रह गर्दै स्वदेशमै लगानीको वातावरण बन्दै गएको र दोलखा जिल्ला समृद्धिको दिशातर्फ अघि बढेको बताउनुभयो । दोलखा समाज जापानका अध्यक्ष नवराज थापाको अध्यक्षमा भएको कार्यक्रममा समाजका उपाध्यक्षहरु महेश खड्का, लोकराज चौंलागाई र सञ्जीव पोखरेल, महासचिव रोशन थापा, सल्लाहाकार सदस्य कुलविन्द्र फुँयाल लगायतले जापानमा रहेका दोलखालीको अवस्था र सम्भावित लगानीका क्षेत्रका बारेमा आ आफ्नो धारणा राखेका थिए । कार्यक्रम टोकियोको ओमोरि स्थित लर्ड बुद्ध रेस्टुरेन्टको हलमा भएको हो ।

दोलखा समाज जापानले जापानमा रहेका दोलखालीहरुको हक, हित र अधिकारका लागि काम गर्नुका साथै बिभिन्न सामाजिक कामहरु गर्दै आएको छ ।

 

१४ मंसिर २०७६ । ५ः०० बजे प्रकाशित

VIEWS: 4760 पटक हेरीएको
error: Content is protected !!