जिरीका किसानले उत्पादन गरेको अकबरे खोर्सानीले बजार पाएन

2 weeks ago/Monday, November 4th, 2019

जिरी (दोलखा), १८ कात्तिक ।

दोलखाको जिरी नगरपालिकाका किसानहरुले आफुले उत्पादन गरेको अकबरे खोर्सानीले बजार नपाएको गुनासो गरेका छन् ।
जिरी नगरपालिका वडा नम्बर ८ स्थित त्रिशुले र पुराना गाउँमा अकबरे खोर्सानी खेती गर्ने किसानहरुले यस्तो गुनासो गरेका हुन् । जिरी नगरपालिकाले अघि सारेको क्लिन जिरी, ग्रिन जिरी र अर्गानिक जिरी अभियान अन्तर्गतनै रहेर किसानहरुले अर्गानिक अकबरे खोर्सानी उत्पादन गरेपनि बिक्री हुन नसकेको हो । खोर्सानी बिक्री हुन नसकेपछि बारीमै झरेर खोर्सानी खेर गइरहेको त्रिशुलेका खोर्सानी किसान समिर रसाईलीको भनाई छ ।

स्थानीय वृद्धा नरमाया कमीनीले पनि दैनिक उपभोग्य खाद्य सामाग्रीहरु खरिद गर्ने र केही खाँचो टार्ने उद्देश्यले लगाएको अकबरे खोर्सानी विक्री गर्न नपाएको गुणासो गर्नुभयो । विगतको वर्षहरुमा अकबरे खोर्सानी सहजै विक्री हुने गरेकोमा यो वर्ष ३ सय देखि ३ सय ५० किलो सम्म बिक्री गर्न खोज्दा पनि विक्री नभएको किसानहरुको भनाई छ । एउटा अचुक औषधिको रुपमा प्रयोग गर्न सकिने अकबरे खोर्सानीको माग अन्य ठाउँहरुमा धेरै रहेपनि जिरीका किसानहरु भने मारमा परेका हुन् । अकबरे खोर्सानीले ग्याष्ट्रिक लगायतका विभिन्न रोगलाई समेत निको पार्न मद्धत गर्छ ।

यसैबीच, जिरी नगरका किसानले अबकरे खोर्सानीले बजार नपाएको गुणासो गरिरहेका बेला गाउँ पुगेका वडाध्यक्ष तेजबहादुर खड्काले बजारिकरणमा नगरपालिकाले सहयोग गर्ने बताउनुभएको छ । उहाँले आगामी आर्थिक वर्षबाट अकबरे खोर्सानीको व्यवसायिक खेती विस्तार र बजारिकरणमा समेत वडा र नगरपालिकाले योजना बनाएर सहयोग गर्ने बताउनुभयो ।

१८ कात्तिक, २०७६ । ९ः१५ बजे प्रकाशित ।

VIEWS: 1920 पटक हेरीएको
error: Content is protected !!