जिरीको नयाँ गन्तव्यः प्रकृतिसँग रमाउँदै गुराँस पार्कको यात्रा

5 months ago/Monday, February 17th, 2020

सिर्जना गोले ।

जिरी (दोलखा), ५ फागुन ।

दोलखाको जिरी नगरपालिकाको वडा नम्बर ६ मा बुद्ध पार्कसँगै थप एउटा नयाँ पर्यटकीय गन्तव्यको रुपमा गुराँस पार्क निर्माण भएको छ ।

जिरी नगरपालिका ६ स्थित मानेडाँडा पार्क, बुद्ध पार्क सँगै माथिल्लो क्षेत्रमा यो वर्ष गुराँस पार्क बनेको हो । जिरीमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नगरपालिकाले विभिन्न स्थानमा पार्कहरु बनाइरहँदा युएनडिपीको सहयोगमा चालु वर्ष १२ लाख बजेट विनियोजन गरी गुरासे पार्कको पनि निर्माण गरिएको छ । गुरासे पार्कमा भौतिक संरचनाहरु निर्माण गर्नका लागि चालु आर्थिक वर्ष २०७६/७७ मा नगरपालिका र युएनडीपीले ६/६ लाख गरी १२ लाख बजेट विनियोजन गरेको जिरी नगरपालिका योजना शाखाका प्रमुख मानबहादुर जिरेलले जानकारी दिनुभयो । उहाँका अनुसार सो बजेटबाट साविकको ग्वाथे भन्ने स्थानमा बनाइएको गुरासे पार्कमा पर्यटकका लागि प्रतिक्षालय, २ कोठाको शौचालय र एउटा चियाघर निर्माण गरी व्यवस्थित बनाइएको छ । सो स्थानमा गुरास पार्क निर्माण गर्ने अवधारणा पूर्व सांसद इन्द्रबहादुर खड्काले ल्याउनुभएको थियो । चैत बैशाखको मौसममा चिमाल, गुरास फुलेर ढकमक्क हुने हुँदा पर्यटकलाई प्रकृतिसँग रमाउनका लागि आफुले गुरास पार्क निर्माणका लागि प्रस्ताव राखिएकोे पूर्व सांसद इन्द्र बहादुर खड्काले बताउनुभयो । सांसद खड्काकै अवधारणा अनुसार नगरपालिकाले प्रस्तावलाई स्वीकृत गर्दै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गुराँस पार्कको निर्माण भएको हो ।

गुरास पार्कसम्म गत वर्ष मात्रै नगरपालिकाले कच्ची सडक निर्माण गरिसकेको छ । सडकको स्तरोन्नतिको साथै आगमी वर्षहरुमा पनि सो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै लैजाने नगरप्रमुख टंक जिरेलले जानकारी दिनुभयो । उहाँका अनुसार ठूलो नागीको माथिल्लो भेगमा भ्युटावर र थप भौतिक संरचनाहरु निर्माण गरिँदै लैजाने नगरपालिकाको योजना छ । जिरी ६ मै जिरी नगरपालिकाको कार्यालय नजिकै रहेको मानेडाँडा पार्क (साविकको हाटडाँडा) बाट गुरासपार्क ८ किलोमिटरमा पुग्न सकिन्छ भने मानेडाँडाबाट बुद्ध पार्क ३ किलोमिट र बुद्धपार्कबाट गुरासे पार्क थप ३ किलोमिटरको दुरीमा पुग्न सकिनेछ । यो सँगै जिरी नगरपालिकाको वडा नम्बर ६ मा मात्रै ३ वटा पार्कको निर्माण भइसकेको छ ।

पदमार्ग निर्माण गर्दा पर्यटकलाई मुख्य पर्यटकीय गन्तव्य ठूलोनागी सम्म पुग्न सहज हुने भएकाले पदमार्ग निर्माणको अवधारणालाई अघि सारिएको नगरपालिकाले जनाएको छ । पर्यटकहरुले ठूलो नागीबाट दोलखाको अधिकांश स्थानको अवलोकन गरी रमणीय प्रकृतिसँग रमाउन पाउनेछन् । यसअघि गुराँस पार्क क्षेत्रमा गत वर्ष जिल्ला वन कार्यालय दोलखाले बन क्षेत्रभित्र पोखरी बनाउने योजना अनुसार जिरी नगरपालिकाको मागमा त्यहाँ रहेको पोखरीलाई थप व्यवस्थित बनाएको थियो। 

यसैबीच, गुरास पार्कबाट ठूलो नागीसम्म पदमार्ग निर्माणको काम भइरहेको छ । पर्यटकहरुलाई गुरास पार्कसँगै रमणीय ठाउँ ठूलो नागीसम्म पुग्नको लागि सहज होस भनी पदमार्ग (सिढी) निर्माण भइरहेको हो । नगरपालिका र युएनडिपीको ४/४ गरी ८ लाखको लागतमा पदमार्गको निर्माण भइरहेको योजना प्रमुख जिरेलले बताउनुभयो । पदमार्ग निर्माण गर्दा पर्यटकलाई मुख्य पर्यटकीय गन्तव्य ठूलोनागी सम्म पुग्न सहज हुने भएकाले पदमार्ग निर्माणको अवधारणालाई अघि सारिएको नगरपालिकाले जनाएको छ । पर्यटकहरुले ठूलो नागीबाट दोलखाको अधिकांश स्थानको अवलोकन गरी रमणीय प्रकृतिसँग रमाउन पाउनेछन् । गुरास पार्क देखि ठूलोनागीसम्म ६ सय मिटर पदमार्ग निर्माण गर्नेगरी उपभोक्ता समिति मार्फत काम भइरहेकोमा हालसम्म करिब ५ सय मिटर पदमार्ग निर्माण भइसकेको छ ।

यसअघि गुराँस पार्क क्षेत्रमा गत वर्ष जिल्ला वन कार्यालय दोलखाले बन क्षेत्रभित्र पोखरी बनाउने योजना अनुसार जिरी नगरपालिकाको मागमा त्यहाँ रहेको पोखरीलाई थप व्यवस्थित बनाएको थियो। वन कार्यालयले १५ लाखको लागतमा पर्खाल निर्माण गरी पोखरीको संरक्षण गरेको हो ।

५ फागुन, २०७६ । १०ः१० बजे प्रकाशित ।

VIEWS: 5270 पटक हेरीएको
error: Content is protected !!