जिरीबाट जिवितै फेला परेको सालक यसरी जंगलमा छाडियो

3 months ago/Monday, May 27th, 2019

नवराज विश्वकर्मा ।

जिरी (दोलखा), १३ जेठ ।

दोलखाको जिरी नगरपालिकामा लोपोन्मुख वन्यजन्तु सालक फेला पारेको छ ।

हालै दोलखा आएको तारादल गण गुल्म जिरीले आज अन्दाजी ८ किलो तौल रहेको जीवित सालक फेला पारेको हो । तारा दल गणले आज जिरीमा पत्रकार सम्मेलन गरि बिहान करिव साँढे ४ बजे जिवित सालक फेला पारिएको जानकारी गराएको हो । गुल्मले फेला पारेको लोपोन्मुख प्रजातिको सालकलाई आजै हनुमन्ते सव डिभिजन वन कार्यालयमा बुझाईएको छ । जिवितै फेला परेको सालकलाई सव डिभिजन वन कार्यालयबाट करिब एक सय मिटर टाढा तारा दल गण गुल्मको क्षेत्रभित्रको वनमा छाडिएको वन कार्यालय जिरीका फरेस्टर राजकुमार तामाङले जानकारी दिनुभयो ।

१३ जेठ, २०७६ । ८ः ०० बजे प्रकाशित ।

VIEWS: 4570 पटक हेरीएको
error: Content is protected !!