जिरीमा आधुनिक वस्ती विकास गरिने

12 months ago/Sunday, July 29th, 2018

दोलखा, १३ साउन ।

दोलखाको पर्यटकीय नगरी जिरीलाई आधुनिक वस्तीका रुपमा विकास गरिने भएको छ ।

सहरी विकास मन्त्रालयले दोलखाको जिरी सहित १० हिमाली जिल्लामा १६ वटा सुविधा सम्पन्न तथा आधुनिक शहरको विकास गर्ने तयारी गरेको हो । हिमाली क्षेत्रका साना सहरलाई विकास गर्ने उद्देश्यले सो अवधारणा अघि सारिएको मन्त्रालयले जनाएको छ । छरिएर रहेका बस्तीलाई एकिकृत गरि आवास उपलव्ध गराईने र एक हजार भन्दा बढि परिवारलाई व्यवस्थित सहरमा बसालिने भएको छ । जसअनुसार दोलखाको पर्यटकी क्षेत्रको रुपमा परिचित जिरीमा पनि आधुनिक वस्ती विकास गरिने भएको हो । जिरी सर्वाेच्च शिखर सगरमाथाको प्रवेशद्धार समेत हो । जिरीमा स्वीस सरकारले लगातार ५० वर्षसम्म सहयोग गरेर आवश्यक पुर्वाधार निर्माण गरेको थियो । स्वीस सरकारले लामोसाँघुदेखि जिरीसम्मको सडक, जिरी पशु फार्म, जिरी प्राविधिक शिक्षालय लगाएतको पुर्वाधार खडा गरेको थियो । जिरीलाई दोलखाको दोस्रो सदरमुकाम भनेर पनि चिनिन्छ । सुरुमा गाउँविकास समितिको संरचनामा रहेको जिरी हाल नगरपालिका भएको छ ।

जिरी सर्वाेच्च शिखर सगरमाथाको प्रवेशद्धार  हो । जिरीलाई दोलखाको दोस्रो सदरमुकाम भनेर पनि चिनिन्छ । दोलखाको जिरी सहित १० वटा हिमाली जिल्लालाई शिक्षा, स्वास्थ्य सेवा र भौतिक पुर्वाधारका दृष्टिले सम्पन्न गराउने उदेश्यले यस्तो तयारी गरिएको हो ।

दोलखाको जिरी सहित १० वटा हिमाली जिल्लालाई शिक्षा, स्वास्थ्य सेवा र भौतिक पुर्वाधारका दृष्टिले सम्पन्न गराउने उदेश्यले यस्तो तयारी गरिएको सहरी विकासमन्त्रि मोहमम्द इस्तियाक राईले जानकारी दिनुभयो । सो अवधारणाबाट ती क्षेत्रलाई पर्यटकीय स्थलका रुपमा पनि विकास गरीने उहाँले बताउनुभयो । सुविधासम्पन्न तथा आधुनिक शहरको नाम ‘ट्रान्ज हिमालयन टे«ल’ राखिएको शहरी विकास मन्त्रालयले जनाएको छ ।

१३ साउन, २०७५ । १ः २५ बजे प्रकाशित ।

VIEWS: 14345 पटक हेरीएको
error: Content is protected !!