जिरीमा कोरोना संक्रमण दर घट्दै, ४१ जनाले जिते कोरोना

3 weeks ago/Sunday, May 30th, 2021

जिरी (दोलखा), १६ जेठ ।

पछिल्लो साता दोलखाको जिरी नगरपालिकामा कोरोना संक्रमित हुनेको संख्यामा कमी आएको छ ।

जेठ सुरु भएयता जिरी नगरपालिकामा कोरोना संक्रमितको संख्या क्रमिक रूपमा घट्दै गएको हो । यसअघि जिरीमा पहिलो पटक बैशाख पहिलो सातामा २ जनामा कोरोना पुष्टि भएको थियो भने दोस्रो र तेस्रो सातामा १८/१८ जना र वैशाख अन्तिममा एकै पटक ३५ जनामा संक्रमण पुष्टि भएको थियो । तर, जेठ सुरु भएयता परिक्षण र संक्रमित हुनेकोे संख्यामा कमी आएको हो । जेठ १२ र १३ गते जिरी नगरपालिका वडा नम्बर ९ का ४९ जनाको स्वाब संकलन गरी पिसिआर परिक्षणको लागि चरिकोट अस्पतालको ल्यावमा पठाइएकोमा शुक्रबार ४१ जनाको परिक्षण हुँदा एक जनाको मात्रै पिसिआर रिपोर्ट पोजेटिभ आएको नगरपालिकाका स्वास्थ्य संयोजक केशव दालालले जानकारी दिनुभयो । काठमाण्डौ लगायत अन्य जिल्ला बाहिरबाट आएर क्वारेन्टाइनमा बसेका उनीहरुको स्वाब संकलन गरी पठाइएको थियो । अब जिरीका १८ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । शुक्रबार मात्रै जिरी ८ बाट ९ जना स्थानीयकोे स्वाव संकलन गरी परिक्षणको लागि पठाइएको छ भने यसअघि पठाइएको अझै ९ जनाको रिपोर्ट आउन बाँकी छ ।

विश्वभर महामारीको रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणको दोस्रो लहरमा जिरी नगरपालिकामा हालसम्म ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो साता दोलखाको जिरी नगरपालिकामा कोरोना संक्रमित हुनेको संख्यामा कमी आएको छ । जेठ सुरु भएयता जिरी नगरपालिकामा कोरोना संक्रमितको संख्या क्रमिक रूपमा घट्दै गएको हो । अब जिरीमा ३७ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । संक्रमितमध्य जिरी अस्पतालमा एक जनाको उपचार भइरहेको छ भने बाँकी संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

विश्वभर महामारीको रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणको दोस्रो लहरमा जिरी नगरपालिकामा हालसम्म ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसअनुसार हालसम्म सबै भन्दा बढी जिरी ६ मानेडाँडा क्षेत्रमा १९ पुरुष र ११ जना महिला गरी ३० जनामा कोरोना पुष्टि भएको छ । यस्तै, वडा नम्बर १ पुम्पामा ६ जना पुरुष, वडा नम्बर २ एलुङमा एक महिला, वडा नम्बर ३ मालीमा २ जना पुरुष र ४ महिला गरी ६ जना, वडा नम्बर ४ कुनेमा ५ जना पुरुष ३ महिला गरी ८ जना, वडा नम्बर ५ लिंकनमा १० पुरुष ७ महिला गरी १७ जना, वडा नम्बर ७ सुनट्यामा ९ पुरुष र २ महिला गरी ११ जना र वडा नम्बर ८ ठुलोपातलमा १ जना मानिसमा संक्रमण पुष्टि भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । जिरीको बजार क्षेत्रमा सबैभन्दा बढी मानिसमा कोरोना पुष्टि भएको देखिएको छ । वडा नम्बर ९ मा भने हालसम्म कुनै पनि मानिसहरुमा संक्रमण पुष्टि भएको छैन् ।

जिरी नगरपालिकाका संक्रमितमध्य हालसम्म ४१ जनाले स्वास्थ्य लाभ लिएका छन् । अब जिरीमा ३७ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्य जिरी अस्पतालमा एक जनाको उपचार भइरहेको छ भने बाँकी संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

१६ जेठ, २०७८ । ७ः१५ बजे प्रकाशित ।

VIEWS: 2400 पटक हेरीएको
error: Content is protected !!