जिरीमा चेस प्रतियोगिता हुने

11 months ago/Saturday, October 31st, 2020

जिरी (दोलखा), १५ कात्तिक ।

दोलखाको पर्यटकीय नगरी जिरीमा जिरी ओपन फिडे रेटिङ चेस प्रतियोगिता हुने भएको छ ।

जिरी नगरपालिका वडा नम्बर ५ लिंकन बजारस्थित होटल हेमन्त मेमोरियलमा विजया दशमी तथा शुभदिपावलीको पावना अवसरमा यहि कात्तिक २० गतेदेखि २२ गतेसम्म जिरी ओपन फिडे रेटिङ चेस प्रतियोगिता २०७७ हुने भएको हो । जिरी नगरपालिका तथा नेपाल बुद्धिचाल संघको सहयोगमा युवा सञ्जाल जिरीले २० गतेदेखि २२ गतेसम्म ओपन फिडे रेटिङ चेस प्रतियोगिताको आयोजना गरेको युवा सञ्जाल जिरीका अध्यक्ष केन्द्रज्योती खड्काले जानकारी दिनुभयो । प्रतियोगिताको प्रथम, द्धितिय र तृतीय पुरस्कार क्रमशः १० हजार, ५ हजार र ३ हजार रहेको छ । यस्तै, जिरी प्रथमले ५ हजार, जिरी द्धितियले ३ हजार र जिरी तृतीयले २ हजार पाउनेछन भने महिला तर्फ प्रथम पुरस्कार २ हजार, द्धितिय १५ सय र तृतीय हुनेले १ हजार पाउने युवा सञ्जाल जिरीले जनाएको छ । आयोेजकको अनुसार अन्डर फिप्टीन फस्ट, सेकेण्ड र थर्डले क्रमशः २ हजार, १५ सय र १ हजार पाउनेछ ।

प्रतियोगिता कोभिड १९ संक्रमण जोखिम न्युनकीरणका सम्पुर्ण उपायहरु अवलम्बन गरि सञ्चालन गर्नेगरी तयारी अघि बढाएको आयोजकले जनाएको छ ।

१५ कात्तिक । २०७७ । ६ः४० बजे प्रकाशित ।

 

VIEWS: 5790 पटक हेरीएको
error: Content is protected !!