जिरीमा दोस्रो अन्तर विद्यालय नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

7 months ago/Saturday, December 28th, 2019

जिरी (दोलखा), १२ पुस ।

दोलखाको जिरी नगरपालिकामा आजदेखि दोस्रो अन्तर विद्यालय नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

जिरी नगरपालिकाको आयोजना र सहिद स्मृति आवासीय माविको व्यवस्थापनमा जिरी नगरपालिका ६ बुलडाँडास्थित सहित स्मृति आवासीय माविको प्राङ्गनमा आजदेखि दोस्रो अन्तर विद्यालय नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन प्रदेश नम्बर ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले गर्नुभयोे । प्रतियोगितामा नगरपालिकाभित्रका ९ विद्यालयको पुरुष र महिला गरी ९ टिमको सहभागीता रहेको छ । प्रतियोगिता अन्तर्गत आज भलिबल खेल भएकोे छ । भलिबल खेलमा पुरुषतर्फ सरस्वती मावि जिरी ५ र जिरी मावि जिरी ६ बीच प्रतिस्पर्धा भएकोमा सरस्वती माविले जित हात पारेको छ भने बौद्ध भुवनेश्वरी मावि जिरी २ र कालिका मावि जिरी ९ बीच प्रतिस्पर्धा भएकोमा बौद्ध भुवनेश्वरीले जितेको छ । यस्तै, पुरुषतर्फकै खेलमा ठूलोपातल मावि र जेम एकेडेमीबीच भएको प्रतिस्पर्धामा जेम एकेडेमीले जित हात पारेको छ ।

यसैगरी, आजै भएको लिग चरणको महिलातर्फको खेलमा जेम एकेडेमी जिरी ६ र बौद्ध भुवनेश्वरीबीच भएको प्रतिस्पर्धामा बौद्ध भुवनेश्वरीले, ठूलोपातल मावि र गर्जाङ ढुंगा मावि श्यामाबीच भएको खेलमा गर्जाङ ढुंगाले र जिरी मावि र जेम एकाडेमी बीच भएको खेलमा जिरी माविले जित हात पारेका छन् । यस्तै, महिलातर्फनै कालिका मावि र ढुंगेश्वरी माविबीच प्रतिस्पर्धा भएकोमा कालिका माविले र सरस्वती मावि र सहिद स्मृति माविबीच भएको प्रतिस्पर्धामा सहिद स्मृति माविले जितेका छन् । प्रतियोगिता १५ गतेसम्म जारी रहनेछ । प्रतियोगिताको बिजेताले २५ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले २० हजार तथा तृतीय हुनेले १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।

प्रतियोगिता १५ गतेसम्म जारी रहनेछ । प्रतियोगिताको बिजेताले २५ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले २० हजार तथा तृतीय हुनेले १५ हजार र सान्त्वना हुनेले १२ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।

यसैबीच, कार्यक्रममा सहिद स्मृति आवासीय माविले जि उद्योग वाणिज्य संघका अध्यक्ष गेल्बु शेर्पा नेपाल शेर्पा संघको केन्द्रिय सचिव जस्तो गरिमामय पदमा सर्वसम्मत निर्वाचित भएको भन्दै सम्मान गरेको छ । साथै विद्यालयका सहायक प्रधानाध्यापक शिक्षक केन्द्रज्योति खड्का पनि पुरस्कृत भएका छन् । शिक्षक खड्काले अध्यापन गराएको विषयमा एसईईमा विद्यार्थीले उत्कृष्ट जिपीए ल्याउन सफल भएको भन्दै विद्यालयले उनलाई सम्मान गरेको हो । यस्तै, कार्यक्रमको अवसर पारेर असलमित्र नेपाल नामक संस्थाले सहिद स्मृति माविका विद्यार्थीहरुलाई जाडो महिनाको ज्याकेट वितरण गरेको छ ।

कार्यक्रममा प्रदेश नम्बर ३ का प्रदेशसभा सांसद विशाल खड्का, नेपाल कम्युनिष्ट पार्टी नेकपा दोलखाका सचिव गोपाल पाण्डे, जिरी नगरपालिकाका नगर प्रमुख टंक जिरेल, उपप्रमुख कृष्णमाया बुढाथोकी खड्का, नेपाल कम्युनिष्ट पार्टी नेकपा जिरी नगरकमिटीका इन्चार्ज मित्र बहादुर जिरेल, अध्यक्ष नविन जिरेल, नेपाली काग्रेस जिरी नगर समितिका उपाअध्यक्ष झपड बहादुर योगी, नगरपालिकाका शिक्षा प्रमुख चिरञ्जिवी पौडेल, जिरी माविका प्रधानाध्यापक केशव कुमार कार्की लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा पुर्वसांसद इन्द्रबहादुर खड्का, जिरी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष गोपाल कार्की, जिरी ९ का अध्यक्ष ज्ञानबहादुर सुनुवार, ढुंगेश्वरी माविका प्रधानाध्यापक लिलाबहादुर जिरेल, इलाका प्रहरी कार्यालय जिरीका इन्सपेक्टर रामकृष्ण श्रेष्ठ र प्रतियोगितामा सहभागी ९ वटै विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो ।

१२ पुस, २०७६ । ७ः४० बजे प्रकाशित ।

VIEWS: 4565 पटक हेरीएको
error: Content is protected !!