जिरीमा लकडाउन कार्यान्वयनका लागि अनुगमन समिति, विहान १० बजेसम्म मात्रै बजार खुल्ने

2 months ago/Sunday, June 7th, 2020

जिरी (दोलखा), २५ जेठ ।

छिमेकी गाउँपालिकामा कोरोना संक्रमित फेला परेपछि लकडाउनको पालना खुकुलो रहेको दोलखाको जिरीमा बजार अनुगमन सुरु गरिएको छ ।

दिउँसोसम्म बजार खुल्दा बजारमा भिडभाड हुने र सामाजिक दुरी कायम नहुँदा कोरोना संक्रमणको त्राश हुने भन्दै जिरी उद्योग वाणिज्य सँघको अगुवाईमा बजार अनुगमन समिति बनाएर अनुगमन सुरु गरिएको हो । सँघका प्रथम उपाध्यक्ष बाबुराजा श्रेष्ठको अध्यक्षतामा गठित १५ सदस्यीय अनुगमन समितिले दैनिक बजार अनुगमन गरेर व्यापार/व्यवसाय खुलेको समयमा स्वास्थ्य सुरक्षा र सामाजिक दुरीको अवस्था तथा अन्य समयमा लकडाउन पालना भए/नभएको अवस्थाको अनुगमन गरिने छ । अनुगमन समितिमा नगरपालिका र इलाका प्रहरी कार्यालय जिरीका प्रतिनिधि पनि रहेका छन् ।

समितिले दैनिक बजार अनुगमन गरेर व्यापार/व्यवसाय खुलेको समयमा स्वास्थ्य सुरक्षा र सामाजिक दुरीको अवस्था तथा अन्य समयमा लकडाउन पालना भए/नभएको अवस्थाको अनुगमन गरिने छ ।  स्थानीय प्रशासनको निर्णय वमोजिम दिउँसो १२ बजेसम्म बजार खुल्दै आएकोमा अव जिरीको बजार विहान ५ बजेदेखि १० बजेसम्म मात्रै खुल्नेछ ।

जिरी नगरपालिकाका नगर प्रमुख टंक जिरेल, इलाका प्रहरी कार्यालय जिरीका प्रहरी निरिक्षक प्रदिप पौडेल, जिरी उद्योग वाणिज्य सँघका अध्यक्ष गेल्वु शेर्पा तथा बिभिन्न सामाजिक सँघ/संस्थाका प्रतिनिधि सम्मिलित बैठकले जिरीका बजार तथा पसल विहान १० बजेसम्म मात्रै खोल्ने निर्णय पनि गरेको छ । स्थानीय प्रशासनको निर्णय वमोजिम दिउँसो १२ बजेसम्म बजार खुल्दै आएकोमा अव जिरीको बजार विहान ५ बजेदेखि १० बजेसम्म मात्रै खुल्नेछ ।

बजार खुल्ने समय विहान १० बजेसम्म मात्रै कायम गरिए पनि जिरीका बैंकलाई भने छोटो समय दिँदा मानिसको बढी भिड हुने भएकोले निश्चित समयावधि तोकिएको छैन । जिरी स्थित प्राइम बैंकले नियमित सेवा दिँदै आएपनि सेञ्चुरी बैंक भने सातामा २ दिन मात्रै खुल्दै आएको छ ।

२५ जेठ, २०७७ । ६ः१० बजे प्रकाशित ।

VIEWS: 2515 पटक हेरीएको
error: Content is protected !!