जिरीमा सम्पन्न नगरपालिका स्तरीय अन्तर वडा पुरुष भलिबल प्रतियोगिताको उपाधि जिरी ५ लाई

3 weeks ago/Monday, October 21st, 2019

जिरी (दोलखा), ४ कात्तिक ।

दोलखाको जिरी नगरपालिकामा सम्पन्न जिरी नगरपालिका स्तरीय अन्तर वडा पुरुष भलिबल प्रतियोगितामा जिरी नगरपालिका वडा नम्बर ५ ले जित हात पारेको छ ।

नगरस्तरी युवा तथा खेलकुद समिति जिरीको आयोजनामा भएको अन्तर वडा पुरुष भलिबल प्रतियोगितामा जिरी नगरपालिका ३ मालीलाई पराजित गर्दै वडा नम्बर ५ ले जित हात पारेको हो । यसैगरी जिरी नगरपालिका १ लाई पराजित गर्दै जिरी नगरपालिका ३ घुन्सा तृतीय भएको छ भने जिरी नगरपालिका १ ले सान्त्वनामा चित्त बुझाएको छ । प्रतियोगिताका विजेताहरुलाई नगस्तरी युवा तथा खेलकुद समिति जिरी नगरपालिकाका अध्यक्ष नुर्वु शेर्पाको अध्यक्षतामा आजै एक कार्यक्रमको आयोजना गरी नगरपालिकाका उपप्रमुख कृष्णमाया बुढाथोकी खड्काले पुरस्कार वितरण गर्नुभयो । भलिबल प्रतियोगितामा प्रथम हुने जिरी ५ ले नगद ४० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ । द्धितीय हुने माली ३ ले नगद २५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र, तृतीय हुने जिरी ३ घुन्साले नगद १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र तथा सान्त्वना हुने जिरी १ ले नगद ५ हजार पाएका छन् ।

प्रतियोगिताबाट जिरी ५ का गोविन्द परियार वेष्ट प्लेअर, जिरी ३ मालीका ऋषीमणी दाहाल वेष्ट स्पाइकर, जिरी ५ का बसन्त जिरेल वेष्ट सटर, जिरी ५ कै टंकराज बस्नेत वेष्ट सर्भर, जिरी १ का तोप बहादुर नेपाली वेष्ट ब्लकर र जिरी ३ घुन्साका सुरेश नेपाली वेष्ट डिफेन्डर घोषित भएका छन् ।

जिरी स्ट्रिट फुड फेस्टिभलको अवसर पारी यही कात्तिक १ गतेदेखि जिरी नगरपालिका ५ स्थित जिरी प्राविधिक शिक्षालयको खेल मैदानमा भएको भलिबल प्रतियोगितामा नगरपालिकाभित्रका ९ वटै वडाको १२ टिमको सहभागीता थियो । प्रतियोगिताबाट जिरी ५ का गोविन्द परियार वेष्ट प्लेअर, जिरी ३ मालीका ऋषीमणी दाहाल वेष्ट स्पाइकर, जिरी ५ का बसन्त जिरेल वेष्ट सटर, जिरी ५ कै टंकराज बस्नेत वेष्ट सर्भर, जिरी १ का तोप बहादुर नेपाली वेष्ट ब्लकर र जिरी ३ घुन्साका सुरेश नेपाली वेष्ट डिफेन्डर घोषित भएका छन् ।

यसैगरी जिरीमा महिला पुरुष सडक दौड प्रतियोगिता २०७६ पनि सम्पन्न भएको छ । ६ मिलोमिटरको पुरुष दौड प्रतियोगितामा छिरी शेर्पा प्रथम भएका छन् । यसैगरी, होम बहादुर जिरेल द्धितीय र साङा शेर्पा तृतीय भएका छन् । उनीहरुले क्रमश ५ हजार, ३ हजार र २ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र पाएका छन् । महिलातर्फको ३ किलोमिटर दौड प्रतियोगितामा पशलेकी शेर्पा प्रथम भएकी छिन् भने रोजनी तामाङ द्धितीय र सुजता कार्की तृतीय भएका छन् । उनीहरुले पनि क्रमश ५ हजार, ३ हजार र २ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पाएका छन् । पुरुष दौड प्रतियोगितामा १३ जना र महिला दौड प्रतियोगितामा १२ जनाको सहभागीता थियो ।

४ कात्तिक २०७६ । ६ः१० बजे प्रकाशित ।

 

VIEWS: 3425 पटक हेरीएको
error: Content is protected !!