जिरीमा सम्पन्न फुटबलको उपाधि ब्रदर व्वाइजलाई

7 months ago/Friday, December 7th, 2018

नवराज विश्वकर्मा ।

जिरी (दोलखा) २१ मंसिर ।

दोलखाको पर्यटकीय नगरी जिरीमा सम्पन्न नगरस्तरीय प्रथम नगरकप फुटबल प्रतियोगिताको उपाधी ब्रदर ब्वाईज क्लव जिरी ४ ले जितेको छ ।

विहिवार भएको फाईनल खेलमा वडा नम्वर ५ लाई पराजित गर्दै वडा नम्वर ४ ले उपाधी हात पारेको हो । जिरी एयपोर्टस्थित खेल मैदानमा सम्पन्न खेलमा व्रदर ब्वाईज क्लव वडा नम्वर ४ ले लिंकन युवा क्लव जिरी ५ लाई २–१ गोल अन्तरले पराजित गरेको छ । ब्रदर ब्वाईज क्लवको जितका लागि लिला क्षेत्री र उद्धव खत्रीले एक÷एक गोल गरेका थिए । हारसँगै लिंकन युवा क्लवले भने उपविजेतामा चित्त बुझाएको छ । प्रतियोगिताको विजेता जिरी ४ ले उपाधीसँगै नगद ४० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता लिंकन युवा क्लवले नगद ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

प्रतियोगितामा तेस्रो स्थान हाँसिल गर्न सफल हाटडाँडा व्वाईज क्लव वडा नम्वर ६ लाई भने नगद १० हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा वडा नम्वर ४ कै उद्धव खत्री वेष्ट प्लेयर घोषित भएका छन् भने सोही टिमका मुस्कान जिरेल वेष्ट किपर, सोही टिमका धिरज खत्री वेष्ट डिफेण्डर र लिंकन फुटबल क्लवका टंकराज बस्नेत हाई स्कोरर घोषित भएका छन् । उनीहरुलाई पनि ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ।

जिरी नगरस्तरीय युवा तथा खेलकुद समितिको आयोजनामा भएको प्रतियोगिताको विजेताहरुलाई विहिवारै पुरस्कार वितरण गरिएको छ । आयोजक समितिका अध्यक्ष नुर्वु शेर्पाको अधयक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा जिरी नगरपालिकाका प्रमुख टंक जिरेलले खेलाडीहरुलाई पुरस्कार वितरण गर्नुभएको हो ।

२१ मंसिर २०७५ । ८ः०० बजे प्रकाशित

VIEWS: 1870 पटक हेरीएको
error: Content is protected !!