जिरीमा सम्पन्न महिला भलिबल प्रतियोगिताको उपाधी फेरी पनि रामेछापको कव्जामा

9 months ago/Sunday, March 10th, 2019

जिरी (दोलखा) २६ फागुन ।

दोलखाको पर्यटकीय नगरी जिरीमा सम्पन्न दोलखा र रामेछाप जिल्ला स्तरीय खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधी ग्रामिण सेवा युवा परिषद रामेछापले जितेको छ ।

आज भएको फाइनल खेलमा कालिञ्चोक गाउँपालिकालाई सोझो सेटमा पराजित गर्दै ग्रामिण सेवा युवा परिषदले उपाधी हात पारेको हो । जिरी प्राविधिक शिक्षालयको खेल मैदानमा भएको खेलमा ग्रामिण विकासले कालिञ्चोकलाई २५–२०, २५–१८ र २५–१८ को साझो सेटमा पराजित गरेको छ । हारसँगै कालिञ्चोक गाउँपालिकाले भने उपविजेतामा चित्त बुझाएको छ । यो सँगै रामेछापले महिला भलिबल प्रतियोगिताको उपाधी लगातार आफ्नो कव्जामा पारेको छ । यसअघि गत वर्ष भएको प्रतियोगिताको उपाधी पनि रामेछापले नै जितेको थियो ।

आजै भएको अर्काे खेलमा जित हात पार्दै जिरी नगरपालिका १ श्यामाले तेस्रो स्थान हाँसिल गरेको छ । श्यामाले आज भएको खेलमा शहिद स्मृति आवासीय मावी जिरीलाई साझो सेटमा पारतिज गर्दै तेस्रो स्थान सुरक्षित गरेको हो । रामेछापले उपाधिसँगै नगद ४० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता कालिञ्चोक गाउँपालिकाले नगद ३० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र पाएको छ । तृतीय हुने श्यामालाई भने नगद २० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतियोगिताको विजेतालाई पुरस्कार वितरण गर्दै जिरी नगरपालिकाका मेयर टंक जिरेल ।

यसैगरी, कालिञ्चोक गाउँपालिकाकी बन्दना बस्नेत प्रतियोगिताको वेष्ट स्पाइकर बनेकी छिन् भने कल्पना कार्की वेष्ट सर्भर बनेकी छिन् । यस्तै, ग्रामिण सेवा युवा परिषद रामेछापकी मनिसा सुनुवार वेष्ट सेटर, रामेछापकै सुनिता गौतम वेष्ट प्लेयर र प्रेममाया तामाङ वेष्ट डिफेन्डर घोषित भएकी छिन् । प्रतियोगिताका विजेताहरुलाई जिरी नगरपालिकाका प्रमुख टंक जिरेलले पुरस्कार वितरण गर्नुभयो । जिरी नगरपालिका अन्तर्गतको युवा तथा खेलकुद समितिको आयोजनामा भएको प्रतियोगितामा दोलखा र रामेछापका ९ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिताको उपाधी विजेता ग्रामिण सेवा युवा परिषद रामेछाप ।

फस्ट भएको ग्रामिण सेवा युवा परिषद रामेछाप हिजो सेतो र हरियो रङको जर्सीमा देखिएपनि आजको फाईनल खेलमा भने दोलखाको कालिञ्चोक गाउँपालिकाको जस्तै जर्सिमा मैदान उत्रिएको थियो ।


द्धित्तिय स्थान हाँसिल गर्न सफल दोलखाको कालिञ्चोक गाउँपालिको टिम ।

तेस्रो हुन सफल जिरी १ श्यामाको टोली ।

वेष्ट डिफेन्डर प्रेममाया तामाङ ।

वेष्ट स्पाईकर वन्दना बस्नेत  ।

फाईनल खेलमा कडा प्रतिस्पर्धा हेर्नुस तस्वीरमाः

आवरण तस्वीरः फाईनल खेलमा कडा प्रतिस्पर्धा गर्दै रामेछाप र कालिञ्चोकको टिम ।

२६ फागुन, २०७५ । ६ः ३० बजे प्रकाशित ।

VIEWS: 5370 पटक हेरीएको
error: Content is protected !!