जिरीमा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बौद्ध भुवनेश्वरी माविलाई

7 months ago/Tuesday, December 31st, 2019

जिरी (दोलखा), १५ पुस ।

दोलखाको जिरी नगरपालिकामा सम्पन्न दोस्रो अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जिरी नगरपालिका वडा नम्वर २ स्थित बौद्ध भुवनेश्वरी मावि विजयी भएको छ ।

सहिद स्मृति आवासीय माविको प्राङ्गनमा भएको प्रतियोगितामा ८ वटा स्वर्ण पदक हाँसिल गर्दै बौद्ध भुवनेश्वरी विजयी भएको हो । ८ स्वर्ण पदक जितेको बौद्ध भुवनेश्वरीले २/२ वटा रजत र कास्य गरि १२ वटा पदक जितेको छ । सहिद स्मृति आवासीय माविले भने ५ स्वर्ण र ८ रजत पदक प्राप्त गर्दै उपविजेता बनेको छ । यसैगरी ४ स्वर्ण, ३ रजत र २ कास्य पदक प्राप्त गर्दै सरस्वती मावि जिरी ५ तृतीय भएको छ । जिरी नगरपालिकाको आयोजना र सहिद स्मृति आवासीय माविको व्यवस्थापनमा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्राछात्र भलिबल, दौड, लङजम, त्रिपल जम्प र हाइजम्प लगायतका खेलहरु भएको थियो । प्रतियोगितामा नगरपालिकाभित्रका ९ विद्यालयको छात्राछात्र गरी ९ टिमको सहभागीता थियो ।

प्रतियोगिताका विजेताहरुलाई आजै एक कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको छ । प्रतियोगिताको विजेताले नगद २५ हजार सहित शिल्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेताले नगद २० हजार सहित ट्रफी, प्रमाणपत्र र तृतीय हुनेले नगद १५ हजार सहित ट्रफी र प्रमाणपत्र पाएको छ । जिरी नगरपालिकाका नगरप्रमुख एवम् दोस्रो राष्ट्रपति रनिङ शिल्ड २०७६ का संयोजक टंक जिरेलको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले गर्नुभएको थियो भने समापन प्रदेशसभा सांसद पशुपति चौलागाईले गर्नुभयो । समापन कार्यक्रममा जिरी नगरपालिकाकी उपप्रमुख कृष्णमाया बुढाथोकी खड्का, नेकपा जिरी नगर कमिटीका सहइन्चार्ज गेल्बु शेर्पा, नगरपालिकाका शिक्षा प्रमुख चिरञ्जिवी पौडेल, इलाका प्रहरी कार्यालय जिरीका प्रहरी निरिक्षक (इष्पेक्टर) रामकृष्ण श्रेष्ठ लगायतको सहभागीता थियो ।

१५ पुस, २०७६ । ५ः१५ बजे प्रकाशित ।

VIEWS: 9015 पटक हेरीएको
error: Content is protected !!