जिरीमा ६० वर्ष पुगेका स्वयमसेविकाको विदाई

2 months ago/Sunday, May 12th, 2019

जिरी (दोलखा), २९ बैशाख ।

दोलखाको जिरी नगरपालिकाले नगरपालिकाभित्रका ६० वर्ष उमेर पुगेका स्वयम सेविकालाई विदाइ गरेको छ ।
जिरी नगरपालिकाले आज एक कार्यक्रमको आयोजना गरी सरकारको नियमअनुसार ६० वर्ष पार गरेका ५ स्वयम्सेविकालाई विदाई गरेको हो । विदाईसँगै उनीहरुलाई प्रतिव्यक्ति २० हजार नगद समेत प्रदान गरिएको छ । सोही कार्यक्रममा नगरपालिकाले महिला स्वास्थ्य स्वयम् सेविकालाई सञ्चार खर्च बापत २ लाख ५५ हजार रकम वितरण गरेको छ । नगरपालिकाभित्रका १ सय २ जना महिला स्वयम सेविकालाई प्रतिव्यक्ति २५ सयका दरले २ लाख ५५ हजार रकम वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद रिजालले जानकारी दिनुभयो । स्वयम्सेविकाहरुलाई नगर प्रमुख टंक जिरेलले रकम हस्तान्तरण गर्नुभयो । नगरपालिकाले चालु वर्ष ९ वटै वडाका स्वयमसेविकाको लागि सञ्चार खर्च बापत २ लाख ५५ हजार रकम विनियोजन गरेको थियो ।

प्लास्टिकमुक्त नगरपालिका बनाउने अभियान अन्तर्गत आज पहिलो चरणमा स्वयमसेविकालाई झोला वितरण

प्लास्टिकमुक्त नगरपालिका बनाउने अभियानलाई अघि बढाएको जिरीले आज स्वयम्सेवीकाहरुलाई झोला पनि वितरण गरेको छ । प्लास्टिकमुक्त नगरपालिका बनाउने अभियान अन्तर्गत आज पहिलो चरणमा स्वयमसेविकालाई झोला वितरण गरिएको नगरपालिकाको कार्यलयले जनाएको छ । यसैगरी नगरपालिकाले ¥यापिड रेस्पोन्स टिम समेत गठन गरेको छ । नगरपालिकाले आपत्कालीन घटना तथा विपद्मा परेकाहरुलाई सहजै उद्धार गर्ने उद्धेश्यले सो टिमको गठन गरेको हो ।

२९ वैशाख २०७६ । ६ः३० बजे प्रकाशित ।

VIEWS: 2555 पटक हेरीएको
error: Content is protected !!