जिरी अस्पतालको पत्र अझै नगरपालिका पुगेन, स्वास्थ्यकर्मीले पाउने जोखिम भत्ता अन्यौलमा

1 month ago/Tuesday, January 19th, 2021

सिर्जना गोले ।

जिरी (दोलखा), ६ माघ ।

दोलखाको जिरीमा कोरोना महामारीको बेलामा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीले भत्ता नपाई नगरपालिकाका कर्मचारीले भत्ता लिएकोे खुलासा भएको लामो समय वितिसक्दा पनि स्वास्थ्यकर्मीले भने अझै भत्ता पाउन सकेका छैनन् ।

जिल्ला अस्पतालको रुपमा रहेको जिरी अस्पतालका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको भन्दै विरोध गरेको आज एक महिना हुँदा पनि हालसम्म कुनै स्वास्थ्यकर्मीले भत्ता नपाएका हुन् । कोरोना बिरुद्धको अभियानमा अग्र मोर्चामा खटिने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता नदिई नगरपालिकाका कर्मचारी र सिमित स्वास्थ्यकर्मीले मात्रै भत्ता बुझेपछि पुस पहिलो साता जिरी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका थिए । पछिल्लो पटक जिरी अस्पतालले पुस ६ गते प्रेस विज्ञप्ती जारी गरेर यथासिघ्र जोखिम भत्ता उपलब्ध गराउन नगरपालिकासँग माग गरको थियो । जिरी अस्पतालले गत आर्थिक बर्षको जेठ महिनामा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलव्ध गराउन नगरपालिकालाई पत्राचार गरेको थियो । तर, आर्थिक बर्षको अन्त्यसम्म पनि सुनुवाई नभएपछि अस्पतालका स्वास्थ्यकर्मीहरुले सामूहिक हस्ताक्षर सहित नगरपालिकामा निवेदन दिएका थिए । तर, त्यसपछि पनि गुनासो सम्बोधन नभएपछि गत मंसिर २५ गते माग पूरा गर्न तीन दिनको अल्टिमेटम सहित नगरपालिकामा ज्ञापन–पत्र बुझाएको अस्पतालले जनाएको छ । माग पुरा नभएपछि पुस ६ गते अस्पतालका सबै स्वास्थ्यकर्मी हातमा कालो पट्टि बाँधेर आन्दोलनमा उत्रिएका थिए । पछिल्लो पटक जिरी नगरपालिकाले कोरोना बिरुद्धको अभियानमा खटिने स्वास्थ्यकर्मीको विवरण मागेपछि लिखितरुपमै पठाए पनि अहिलेसम्म कुनै जानकारी नआएको अस्पताल प्रशासनले जनाएको छ ।

जिरी अस्पतालले पुस १२ गतेनै कोरोना बिरुद्ध खटिएका स्वास्थ्यकर्मीको विवरण पठाएको जनाए पनि जिरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन गौतमले शनिबार हामीसँगको कुराकानीमा अस्पतालबाट विवरण पेश नभएको दावी गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत गौतमले विवरण प्राप्त नभएकाले स्वास्थ्य मन्त्रालयमा पठाउन ढिलाई भएको र हालसम्म भत्ता उपलब्ध गराउन नसकिएको बताउनुभयो ।  जिल्ला अस्पतालको रुपमा रहेको जिरी अस्पतालका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको भन्दै विरोध गरेको आज एक महिना हुँदा पनि  कुनै स्वास्थ्यकर्मीले भत्ता नपाएका हुन् । 

जिरी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएपछि त्यसको केही दिन पछि जिरी नगरपालिकाको कार्यपालिकाको निर्णय अनुसार संघीय सरकारले घोषणा गरेको कोरोना महामारीको अवधिमा जिरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी लगायतका कर्मचारी मध्ये के, कति कर्मचारीलाई कति प्रतिशत जोखिम खर्च दिनेगरी कहाँ र कसरी कोरोना संक्रमण रोकथाम नियन्त्रण तथा उपचारमा खटाएको हो भन्ने कुरा पुष्टि गरी विवरण पेश गर्न अस्पताललाई भनेको थियो । जिरी अस्पतालले पुस १२ गतेनै कोरोना बिरुद्ध खटिएका स्वास्थ्यकर्मीको विवरण पठाएको जनाए पनि जिरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन गौतमले शनिबार हामीसँगको कुराकानीमा अस्पतालबाट विवरण पेश नभएको दावी गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत गौतमले विवरण प्राप्त नभएकाले स्वास्थ्य मन्त्रालयमा पठाउन ढिलाई भएको र हालसम्म भत्ता उपलब्ध गराउन नसकिएको बताउनुभयो । जिरी अस्पतालका अनुसार उच्च जोखिममा खटिएका २२, जोखिममा खटिएका २७ र न्युन जोखिममा खटिएका ९ जना स्वास्थ्यर्मीले जोखिम भत्ता पाउनु पर्ने छ । स्वास्थ्य मन्त्रालयले गत वैशाखमा जारी गरेको संक्रमणको उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन निर्देशिका अनुसार फ्रन्टलाइनमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, प्रयोगशालाकर्मी, सरसफाईकर्मीलाई तलबको ५० प्रतिशत जोखिम भत्ता दिने भनिएको थियो ।

तर, जिरी नगरपालिकामा भने २ जना स्वास्थ्यकर्मीलाई मात्रै भत्ता दिएर निवर्तमान प्रमुख प्रशासकीय अधिकृत लगायत नगरपालिकाकै १९ जना निजामति कर्मचारीले जोखिम भत्ता लिएको यसअघिनै खुलासा भएको छ ।

६ माघ, २०७७ । ९ः०० बजे प्रकाशित ।

VIEWS: 2110 पटक हेरीएको
error: Content is protected !!