जिरी ट्रस पुलको सांसद खड्काद्धारा उद्धघाटन

1 month ago/Saturday, March 13th, 2021

जिरी (दोलखा), २९ फागुन ।

दोलखाको जिरी नगरपालिका वडा नम्बर ६ र ७ को बिचमा निर्माण भएको ट्रस पुलको बागमती प्रदेश सांसद विशाल खड्काले उद्घाटन गर्नुभएको छ ।

जिरी नगरपालिका वडा नम्बर ६ र ७ को बिचमा रहेको पाटीटार र आहाले दोभानमा निर्माण भएको ट्रस पुलको आज माओवादी केन्द्रका युवा नेता एवम् बागमती प्रदेशसभा सांसद विशाल खड्काले उद्घाटन गर्नुभएको होे । सो पुल दिगो विकासका लागि नागरिक मञ्च सिभिक फोरम दोलखाको २९ लाख १२ हजार, जिरी नगरपालिकाको १ लाख ८५ हजार ९ सय र जन समुदायबाट संकलन गरिएको ६३ हजार ६ सय गरी जम्मा ३१ लाख ६५ हजार ३ सयको लागतमा निमार्ण भएको पाटिटार आहाले दोभान ट्रस पुल उपभोक्ता समितिका अध्यक्ष शान्त नेपालीले जानकारी दिनुभयो । सो पुल निर्माण भएसँगै जिरी नगरपालिका वडा नम्बर ६ र ७ का १ हजार घरधुरी लाभान्वित हुनेछन् । २०७७ पुस महिनामा निमार्ण सुरु भएको सो पुल फागुन ५ गते निमार्ण सम्पन्न भएको थियो ।

दोलखाको जिरी नगरपालिका वडा नम्बर ६ र ७ को बिचमा निर्माण भएको ट्रस पुलको बागमती प्रदेश सांसद विशाल खड्काले उद्घाटन गर्नुभएको छ । जिरी नगरपालिका वडा नम्बर ६ र ७ को बिचमा रहेको पाटीटार र आहाले दोभानमा निर्माण भएको ट्रस पुलको आज माओवादी केन्द्रका युवा नेता एवम् बागमती प्रदेशसभा सांसद विशाल खड्काले उद्घाटन गर्नुभएको होे । सो पुल निर्माण भएसँगै जिरी नगरपालिका वडा नम्बर ६ र ७ का १ हजार घरधुरी लाभान्वित हुनेछन् । 

पुल उद्घाटन कार्यक्रममा बागमती प्रदेशसभा सांसद विशाल खड्का, जिरी नगरपालिकाका नगर प्रमुख टंक जिरेल र नेकपा माओवादी केन्द्र जिरीका अध्यक्ष नविन जिरेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो भने पूर्व गाविस सचिव कर्ण बहादुर जिरेलले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा जिरी ६ र ७ का वडा सदस्य, राष्ट्रिय कलाकार नविन खड्का तथा स्थानीय वासीहरुको उपस्थिति थियो ।

२९ फागुन, २०७७ । ८ः २० बजे प्रकाशित ।

VIEWS: 2730 पटक हेरीएको
error: Content is protected !!