जिरी नगरपालिकाका कृषक समूहलाई मिनिटिलर र थ्रेसर मेसिन

1 month ago/Thursday, February 27th, 2020

जिरी (दोलखा), १५ फागुन ।

दोलखाको जिरी नगरपालिकाका २८ कृषक समुहलाई ५० प्रतिशत अनुदानमा मिनिटिलर (हाते ट्याक्टर) वितरण गरिएको छ ।

युनएनडिपी, ग्रामिन तथा समाज सुधार संस्थाको सहयोगमा जिरी नगरपालिकाले २८ कृषक समुहलाई मिनिटिलर वितरण गरेको हो । नगरपालिकाले आज नगरपालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी २८ कृषक समूहलाई मिनिटिलर र केही कृषक समूहलाई १३ वटा थ्रेसर मेसिन पनि वितरण गरेको हो । मिनिटिलर र थ्रेसर मेसिन नगरप्रमुख टंक जिरेलले हस्तान्तरण गर्नुभयो । जसअनुसार २८ वटा कृषक समूहसँगै जिरी प्राविधिक शिक्षालयलाई पनि २ वटा मिनिटिलर वितरण गरिएको छ । पाँचपोखरी कृषि सहकारी संस्था लिमिटेड वडा नम्बर १ लाई ३ वटा मिनिटिलर र एउटा थ्रेसर मेसिन वितरण गरिएको छ । यस्तै, वडा नम्बर २ स्थित बहुउद्देश्यीय कृषक समूह र क्षेर्मादिङ आलु कृषक समूहलाई १/१ वटा मिनिटिलर वितरण गरिएको छ । वडा नम्बर ३ स्थित जलेश्वर कृषक समूहलाई एउटा मिनिटिलर, माली कृषक समूहलाई २ वटा मिनिटिलर र एउटा थ्रेसर मेसिन तथा ठूलोसिम कृषक समूहलाई एउटा मिनिटिलर वितरण गरिएको छ । वडा नम्बर ४ स्थित कुने महिला कृषक समहु, छहारी देवी अर्गानिक कृषक समुह र जिरेश्वरी रातमाटे अर्गानिक कृषक समूहले एक/एक वटा मिनिटिलर र एक/एक वटा थ्रेसर मेसिन पाएका छन् भने सेतीदेवी महिला कृषक समूहले एउटा मिनिटिलर पाएको छ ।

मिनिटिलर र थ्रेसर वितरणका लागि उपभोक्ता समितिबाट १३ लाख ५६ हजार रकम जुटेको थियो भने नगरपालिकाले युनएनडिपी, ग्रामिन तथा समाज सुधार संस्थाको सहयोगमा आधा रकम उपलब्ध गराएको थियो । आज वितरण गरिएको एउटा थ्रेसर बराबर ७० हजार र एउटा मिनिटिलर बराबर ५१ हजार ५ सय लागत लागेको नगरपालिकाले जनाएको छ ।

वडा नम्बर ५ स्थित नाबोक कृषक समूहले एक/एक वटा मिनिटिलर र थ्रेसर मेसिन पाएको छ । वडा नम्बर ६ स्थित रेन्जे कृषक समूह र बुलडाँडा कृषक समूहले एक/एक वटा थ्रेसर मेसिन र मिनिटिलर १\१ वटा पाएका छन् । जिरी ६ कै लालिगुरास कृषक समूहले दुई वटा मिनिटिलर र अर्काे लालिगुरासले एउटा मिनिटिर, अस्तला देवी कृषक समूहले २ वटा मिनिटिलर र अगुवा कृषक समूहले एउटा मिनिटिलर पाएका छन् । वडा नम्बर ७ स्थित आविथान कृषि संस्था लिमिटेड र त्रिनेत्र युवा किवी व्यवसायिक कृषक समुहलाई ३/३ वटा मिनिटिर दिइएको छ । वडा नम्बर ७ मै रहेको कलङ अर्गानिक कृषक समुहले भने एक/एक वटा मिनिटिलर र थ्रेसर पाएको छ ।  यसैगरी वडा नम्बर ८ स्थित त्रिसुले आले अर्गानिक कृषक समुह ले एउटा मिनिटिलर पाएको छ । वडा नम्बर ९ को नाम्सा उथान कृषि सहकारी संस्था र बुद्धज्योति कृषि सहकारी संस्थाले एक/एक वटा मिनिटिलर पाएका छन् ।

मिनिटिलर र थ्रेसर वितरणका लागि उपभोक्ता समितिबाट १३ लाख ५६ हजार रकम जुटेको थियो भने नगरपालिकाले युनएनडिपी, ग्रामिन तथा समाज सुधार संस्थाको सहयोगमा आधा रकम उपलब्ध गराएको थियो । आज वितरण गरिएको एउटा थ्रेसर बराबर ७० हजार र एउटा मिनिटिलर बराबर ५१ हजार ५ सय लागत लागेको नगरपालिकाले जनाएको छ ।

यसैबीच, नगरपालिकाले गत वर्ष पनि ५० प्रतिशतनै अनुदानमा १८ वटा मिनिटिलर वितरण गरेको थियो । गत वर्ष मिनिटिलरको लागि ७ लाख ७० हजार बजेट विनियोजन गरिएको थियो ।

१५ फागुन, २०७६ । ६ः०० बजे प्रकाशित ।

VIEWS: 3340 पटक हेरीएको
error: Content is protected !!