जिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको ६ महिनामै सरुवा

2 weeks ago/Tuesday, April 6th, 2021

जिरी (दोलखा), २४ चैत ।

इदोलखा संवाददाता ।

दोलखाको जिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन गौतमको ६ महिनामै सरुवा भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत गौतमले जिरी नगरपालिकाको कार्यभार सम्हालेको ६ महिनामै सरुवा भएको हो । गौतमको सरुवा भएपछि उनको स्थानमा युवा तथा खेलकुद मन्त्रालयबाट दोलखाको सुनखानी घर भएका जगदिशचन्द्र शिवाकोटी आएका छन् । स्रोतका अनुसार तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौतमलाई नगरप्रमुखकै पहलमा ६ महिनामै सरुवा गरिएको हो । नगर प्रमुखसँग प्रमुख प्रशासकीय अधिकृतको कुरा नमिले पछि गौतमलाई इच्छा विपरित सरुवा गरिएको श्रोतले बताएको छ । सामान्यतया स्थानीय सरकारका प्रमुख प्रशासकीय अधिकृत न्यूनतम एक वर्ष बस्नुपर्ने व्यवस्था रहेको छ । छोटो अवधिको सरुवाले प्रमुख प्रशासकीय अधिकृत गौतमको बढुवाका लागि समेत अंक नपुग्ने देखिएको छ ।

नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका शिवाकोटी चैत ११ गते कार्यालय हाजिर भएपनि नगरबाट तत्कालीन प्रमुख प्रशासकीय अधिकृतले रमाना लिईनसकेको र उनी विदामा रहेको नगरपालिकाका सूचना अधिकारी तेजकुमार धमलाले जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत गौतमको चितवनको माडी नगरपालिकामा सरुवा भएको हो । गौतमले कम्तिमा एक वर्षसम्म सरुवा गर्न नहुने कानुनी व्यवस्था रहेको र एक वर्षसम्म बस्नेगरी मन्त्रालयका सचिवसँग सम्झौता गरेर आएपनि ६ महिनामै सरुवा गरिएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । साथै, उहाँले जिरी नगरपालिकामा नीति, विधि र पद्धतिमा समेत सम्झौता गर्नुपर्ने र आफु त्यसको विपरित रहेपछि कुरा नमिलेकै कारण छाटो अवधिमै सरुवा गरिएको आरोप लगाउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत गौतमको चितवनको माडी नगरपालिकामा सरुवा भएको हो । गौतमले कम्तिमा एक वर्षसम्म सरुवा गर्न नहुने कानुनी व्यवस्था रहेको र एक वर्षसम्म बस्नेगरी मन्त्रालयका सचिवसँग सम्झौता गरेर आएपनि ६ महिनामै सरुवा गरिएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । साथै, उहाँले जिरी नगरपालिकामा नीति, विधि र पद्धतिमा समेत सम्झौता गर्नुपर्ने र आफु त्यसको विपरित रहेपछि कुरा नमिलेकै कारण छोटो अवधिमै सरुवा गरिएको आरोप लगाउनुभयो । प्रमुख प्रशासकीय अधिकृत गौतमले यसअघिका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालको सरुवा पछि कार्यभार सम्हाल्नुभएको थियो । गौतमले ५ महिनाको अवधिमै नगरपालिकामा २५ वटा कानुन निर्माण गरेर नीति र विधि वमोजिम काम हुने वातावरण बनाएको दावी गर्नुभएको छ ।

जिरी नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएको करिव चार बर्षको अवधिमा ६ जना प्रमुख प्रशासकीय अधिकृतको सरुवा भईसकेको छ । जनप्रतिनिधि निर्वाचित भए लगत्तै प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहेकी उर्मिला काफ्लेको पनि जनप्रतिनिधिसँग कुरा नमिलेकै कारण सरुवा गरिएको थियो । काफ्ले नगरपालिकाले खरिद गरेको मोटरसाईकल लगायतका सवारीका साधन र नियम बिपरितका केही योजनाको भुक्तानी समेत रोकेर सरुवा भएर जानुभएको थियो । त्यसपछि आएका जगतप्रसाद भुषालको पनि ७ महिनामै सरुवा भएको थियो ।

भुषालपछि आएका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माको सरुवापछि आएका शिवप्रसाद रिजाल सवैभन्दा लामो अवधि करिव डेढ बर्ष बसेपछि सरुवा भएको थियो ।

२४ चैत, २०७७ । ८ः३५ बजे प्रकाशित ।

VIEWS: 4105 पटक हेरीएको
error: Content is protected !!