जिरी नगरपालिकाको न्यायिक समितिमा ३६ मुद्धाको फछ्र्यौट, लेनदेन र ठगिका मुद्धा पनि आउन थाले

2 months ago/Monday, August 12th, 2019

सिर्जना गोले ।

जिरी (दोलखा), २७ साउन ।

दोलखाको जिरी नगरपालिकामा न्यायिक समिति गठन भए यता ६६ वटा मुद्धा दर्ता भएकोमा ३६ वटा मुद्धाको मेलमिलाप भएको छ ।

नगरपालिकामा २०७४ साल पौषमा न्यायिक समिति गठन भएपछि अहिलेसम्म दर्ता भएका ६६ वटा मुद्धामध्ये ३६ वटा मुद्धाको मेलमिलाप भएको हो । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि नगरपालिका/गाउँपालिकाको उपप्रमुखको संयोजकत्वमा न्यायिक समिति गठन हुने व्यवस्था अनुसार जिरीमा उपप्रमुख कृष्णमाया बुढाथोकी (खड्का) को संयोजकत्वमा गठित न्यायिक समितिले हालसम्म ३६ वटा मुद्धा किनारा लगाएको हो । यद्धपी नगरपालिकामा दर्ता भएका १० वटा मुद्धामा भने मुद्धा दर्ता गराउने पक्ष र विपक्ष पछि आफै मिलेको र सम्पर्कमै नआएको न्यायिक समितिको संयोजक खड्काले जानकारी दिनुभयो । न्यायिक समितिले समिति मातहत मिल्न नसकेका थप ५ वटा मुद्धा प्रहरीकोमा, ६ वटा अदालतमा र अन्य ६ वटा मुद्धालाई मेलमिलापका लागि वडामा पठाएको संयोजक खड्काले बताउनुभयो ।

लेनदेनमा समस्या भएको भन्दै मुद्धा दर्ता गर्न आउनेको संख्या बढ्दो

उहाँका अनुसार न्यायिक समितिमा घरायसी साँधसिमाना, झैझगडा गरेको भन्दै मुद्धा दर्ता हुने गरेपनि पछिल्लो समय लेनदेनमा समस्या भएको भन्दै मुद्धा दर्ता गर्न आउनेको संख्या बढ्दो छ । जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयबाट आएका मुद्धा समेत न्यायिक समितिबाट किनारा लागेका छन् । न्यायीक समिति जिरीमा यो वर्षको हाल सम्मको अधिमा ९ वटा मुद्धा दर्ता भएको छ । ति मध्ये चारवाट मुद्धा मेलमिलाप गराउन सफल भएको र अन्य प्रक्रियामा रहेको समितिले जनाएकोे छ । प्रत्येक स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि आएलगत्तै गठन भएको न्यायिक समितिले सामान्य विवादहरु स्थानीय स्तरमै मिलाउने गरेका छन् । जसले गर्दा अदालतमा सानातिना मुद्धाको संख्यामा कमी आएको छ ।

दोलखाका ९ वटै स्थानीय तहमा नगरपालिकाको उपप्रमुख र गाउँपालिकाको उपाध्यक्ष संयोजक रहनेगरी न्यायिक समिति गठन भएको छ । न्यायिक समितिमा उपप्रमुख र उपाध्यक्ष संयोजक तथा वडा सदस्य वा कार्यपालिका सदस्य समितिको सदस्य रहने व्यवस्था छ ।

२७ साउन, २०७६ । ६ः१० बजे प्रकाशित ।

VIEWS: 1810 पटक हेरीएको
error: Content is protected !!