जिरी नगरपालिकाको श्यामामा भालुको आक्रमणबाट एक वृद्ध गम्भीर घाइते

2 weeks ago/Monday, November 4th, 2019

जिरी (दोलखा), १८ कात्तिक ।

दोलखाको जिरी नगरपालिका १ मा भालुको आक्रमणबाट एक वृद्ध गम्भीर घाइते भएका छन् ।

जिरी नगरपालिका १ स्थित च्यादुकेका ७४ वर्षीय पदम बहादुर खड्का भालुको आक्रमणबाट गम्भीर घाइते भएका हुन् । आज विहान घर नजिकैको बारीमा हलो लिन जाने क्रममा भालुले उनलाई आक्रमण गरेको इलाका प्रहरी कार्यालय जिरीका प्रहरी निरिक्षक (इन्स्पेक्टर) राम कृष्ण श्रेष्ठले जानकारी दिनुभयो । घाइते खड्कालाई जिरी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाण्डौं रिफर गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको अनुहार, घाँटी र टाउकोमा चोट लागेको छ ।

१८ कात्तिक, २०७६ । ११ः १५ बजे प्रकाशित ।

 

VIEWS: 4000 पटक हेरीएको
error: Content is protected !!