जिरी नगरपालिकाको सुबिधा सम्पन्न भवन निर्माण, स्थानीय काठलाई प्रयोग गरी भित्री डेकोरेसन

2 months ago/Tuesday, June 11th, 2019

सिर्जना गोले ।

जिरी (दोलखा) २८ जेठ ।

दोेलखाको जिरी नगरपालिकाको सुविधा सम्पन्न भवन निर्माण भएको छ ।

केन्द्र सरकारबाट आएको ३ करोड ७३ लाख बजेटबाट जिरी नगरपालिकाको सुविधा सम्पन्न भवन निर्माण भएको हो । भवनको निर्माण कार्य सम्पन्न भएसँगै यही जेठ १० गतेदेखि नयाँ भवनबाट सेवा दिन लागिएको नगरपालिकाका प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले जानकारी दिनुभयो । नगरपालिकाको भवनको भित्री बनावट स्थानीय सामाग्रिलाई प्राथमिकता दिँदै स्वीस शैलीबाट निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत रिजालले बताउनुभयो । नगरपालिकाको भवनको भित्री कोठाहरुमा लोकल ठिङग्रे सल्लाकोे काठबाट विभिन्न डिजाइनमा कोठाको डेकोरेशन गरिएको छ । नगरपालिकाको सबै वडा कार्यालयहरु निर्माण गर्दा पनि सम्भव भएसम्म त्यसको भित्रि डेकोरेशन स्थानीय काठकै प्रयोग गरि निर्माण गरिने नगरप्रमुख टंक जिरेलले जानकारी दिनुभयो ।

स्थानीय काठको प्रयोग

नगरपालिकाको भित्री डेकोरेशनका लागि फर्निचरमा मात्रै ४२ लाख रकम खर्च भएको छ । प्रमुख प्रशासकीय अधिकृत रिजालले नगरपालिकाको भवन निर्माणमा स्थानीयपनको आभास दिनेगरी फर्निचरको व्यवस्थापन भएकोे बताउनुभयो । यसका साथै स्थानीय श्रमको प्रयोग, स्थानीय स्तरमा रोजगारीका साथै आर्थिक स्रोत बाहिर नजाओस् भन्ने उद्धेश्यले स्थानीय काठको प्रयोगलाई बिशेष जोड दिएको छ ।

एउटै लेभलको कुर्चि

नगरपालिकामा कार्यरत कर्मचारीहरुमा समेत समानताको आभास हुनेगरी एउटै लेभलको कुर्चिको व्यवस्थापन गरिएको प्रमुख प्रशासकीय अधिकृत रिजालले बताउनुभयो । २०७३ साल असार २७ गतेदेखि निर्माण सुरु भएको नगरपालिकाको भवन निर्माणको जिम्मा सोवर्न निर्माण सेवा कम्पनीले लिएको थियो । नगरपालिकाको भवन वरिपरि कम्पाउण्ड पनि बनाइएको छ । नगरपालिकाको ६२ लाख बजेटबाट भवन वरिवरि कम्पाउण्डको निर्माण गरिएको इन्जिनियर खगेन्द्र जिरेलले जानकारी दिनुभयो । नरपालिकाको भित्रि डिजाइन काठको प्रयोग गरी स्वीस सैलीबाट निर्माण गर्ने योजना पूर्व प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माको समेत थियो । स्थानीय मौलिकता झल्कनेगरी यस्तो सुविधा सम्पन्न भवन निर्माण हुनुमा उहाँको समेत महत्वपूर्ण भूमिका रहेको छ ।  यसअघि स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि जिरी नगरपालिकाले पुरानै भवनबाट जनतालाई सेवा दिँदै आएको थियो ।

हेर्नुहोस् नगरपालिकाको भवनको भित्रि कक्ष

मेयरको कक्ष

उपमेयरको कक्षप्रमुख प्रशासकीय अधिकृतको कक्ष

नम्बर प्लेट सहितको बैठक कक्ष

विश्राम कक्ष

कर्मचारीहरुको छुट्टा–छुट्टै कक्ष

भवन बाहिरको कम्पाउण्ड

२८ जेठ, २०७६ । ५ः३० बजे प्रकाशित ।

VIEWS: 2570 पटक हेरीएको
error: Content is protected !!