जिरी नगरपालिकाद्धारा १८ किसानलाई हाते ट्याक्टर वितरण

4 weeks ago/Tuesday, May 21st, 2019

जिरी (दोलखा), ७ जेठ ।

दोलखाको जिरी नगरपालिकाले नगरपालिकाभित्रका १८ जना कृषकलाई मिनिटिलर ट्याक्टर वितरण गरेको छ ।
जिरी नगरपालिकाले ५० प्रतिशत अनुदानमा नगरपालिका भित्रका कृषक, कृषक समूह, कृषि सहकारी÷टोल विकास समिति र कृषि फार्महरुलाई मिनिटिलर ट्याक्टर वितरण गरेको हो । नगरपालिकाले आज एक कार्यक्रमको आयोजना गरी जिरी ६ स्थित बुलडाँडा मिश्रीत कृषक समूह, बुलडाँडा टोल विकास समिति, रातेभण्डार टोल विकास समिति, वडा नम्बर ४ का कृषक शान्ति खत्री र पोष बहादुर तमाङ, वडा नम्बर ७ का कर्ण बहादुर जिरेल, रुद्र बहादुर जिरेल र हर्क बहादुर जिरेल, वडा नम्बर ८ का ठकेन्द्र खत्री र तेजबहादुर खड्कालाई मिनिटिलर वितरण गरेको हो ।

कम बजेट हुँदा हुँदै पनि कृषकहरुको हितका लागि मिनिटिलर वितरण

यसैगरी जिरी नगरपालिका २ का पासाङ शेर्पा र चेङछिरी शेर्पा, वडा नम्बर १ का उत्तम बहादुर कार्की र फुर्निमा शेर्पा, वडा नम्बर ३ का बलराम दाहाल र मोहन बहादुर खड्का, वडा नम्बर ९ का जम्के बहादुर श्रेष्ठ र नन्दलाल तमाङले पनि मिनिटिलर पाएका छन् । मिनिटिलर नगरप्रमुख टंक जिरेलले हस्तान्तरण गर्नुभयो । कृषकलाई मिनिटिलर हस्तान्तरण गर्दै नगरप्रमुख जिरेलले कम बजेट हुँदा हुँदै पनि कृषकहरुको हितका लागि मिनिटिलर वितरण गरिएको जानकारी दिनुभयो । सो मिनिटिलरको एउटा मिनिटिलर बराबर ५७ हजार पर्दछ । यद्धपी वडा नम्बर ५ बाट भने मिनिटिलरको लागि निवेदन नआएको नगरप्रमुख जिरेलले बताउनुभयो । आर्थिक वर्ष २०७५÷७६ को स्वीकृत कृषि विकास कार्यक्रम अनुसार कृषि यान्त्रिकरण विकास आयोजना अन्तर्गत ५० प्रतिशत अनुदानमा मिनिटिलर वितरण गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले गत वर्ष कृषकहरुलाई ३८ वटा मिनिटिलर वितरण गरेको थियो ।

बैतेश्वर गाउँपालिकाद्धारा पनि ४८ मिनिटिलर वितरण

यसैबीच, बैतेश्वर गाउँपालिकाले पनि गाउँपालिकाभित्रका ४८ कृषक समूहलाई मिनिटिलर ट्याक्टर वितरण गरेको छ । बैत्यश्वर गाउँपालिकाले गाउँपालिकाभित्रका ८ वटा वडाका ४८ कृषक समूहलाई ४८ वटा मिनिटिलर ट्याक्टर वितरण गरेको हो । आज एक कार्यक्रमको आयोजना गरि मिनिटिलर वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्यले जानकारी दिनुभयो ।
७ जेठ, २०७६ । ८ः०० बजे प्रकाशित ।

VIEWS: 2540 पटक हेरीएको
error: Content is protected !!