जिरी नगरपालिकामा पियनदेखि हाकिमसम्मलाई कोरोना भत्ता, स्वास्थ्यकर्मीलाई छैन प्राथमिकता

2 months ago/Sunday, December 27th, 2020

इदोलखा संवाददाता

जिरी (दोलखा), १२ पौष ।

दोलखाको जिरी नगरपालिकाले कोरोना महामारीविरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता नदिई नगरपालिकाका कर्मचारीलाई दिएको खुलासा भएको छ ।

नगरपालिकाले कोरोना महामारी विरुद्ध आफ्नो ज्यान समेत जोखिममा राखेर अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता नदिई नगरपालिकाका कर्मचारीलाई दिएको हो । संघीय सरकारले जोखिमको प्रकृतिअनुसार स्वास्थ्यकर्मी र कर्मचारीको वर्गिकरण गरी जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेपनि जिरी नगरपालिकाका २ स्वास्थ्यर्कीसहित १९ जना निजामती कर्मचारीले जोखिम भत्ता पाएका छन् । जिरी नगरपालिकामा जिल्ला अस्पतालको रुपमा रहेको जिरी अस्पतालका डाक्टर र स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेपछि नगरपालिकाले नगरका कर्मचारीलाई भत्ता दिएको खुलासा भएको हो ।

जिरी नगरपालिकामा रहेको कोरोना कोषवाट नगरपालिकाको कार्यालयका कार्यालय सहयोगीदेखि प्रमुख प्रशासकीय अधिकृतसम्मले हजारौं भत्ता बुझेका छन् । नगरपालिकाले गत आर्थिक बर्ष २०७६/७७ मा ४ जना स्वास्थ्यकर्मी सहित २३ जनालाई ४ लाख ९२ हजार ७६ रुपैयाँ भत्ता दिएकोमा जिरी अस्पतालका दुई जना चालक र दुई जना ल्यावका कर्मचारीले मात्रै भत्ता पाएका छन् । कोरोना महामारीका बेला स्वाब संकलन र संक्रमितको उपचारमा प्रतक्ष्य संलग्न जिरी अस्पतालका डाक्टर र स्वास्थ्यकर्मीले भने अहिलेसम्म भत्ता पाउन सकेका छैन ।
जिरी अस्पतालमा कार्यरत ५७ जना स्वास्थ्यकर्मी र कर्मचारी मध्ये ल्याव टेक्निसियन, ल्याव असिस्टेन्ट र दुई जना एम्वुलेन्स चालकले मात्रै भत्ता पाएका हुन् । जिरी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. राकेश श्रेष्ठले कोरोना महामारी सुरु भय यता अस्पतालका कुनै स्वास्थ्यकर्मी र कर्मचारीले जोखिम भत्ता नपाएको बताउनुभयो । दुई सवारी चालक र ल्यावका दुई जना स्वास्थ्यकर्मीले जोखिम भत्ता पाएको बिषय समेत अस्पताल प्रशासनलाई औपचारीका जानकारी नभएको उहाँको भनाई छ । जिरी अस्पतालले गत जेठ २१ गते उच्च जोखिममा रहेका स्वास्थ्यकर्मी र न्यून जोखिममा रहेका कर्मचारीको विवरण जिरी नगरपालिकालाई पठाएको थियो ।

जिरी नगरपालिकामा रहेको कोरोना कोषवाट नगरपालिकाको कार्यालयका कार्यालय सहयोगीदेखि प्रमुख प्रशासकीय अधिकृतसम्मले हजारौं भत्ता बुझेका छन् । नगरपालिकाले गत आर्थिक बर्ष २०७६/७७ मा ४ जना स्वास्थ्यकर्मी सहित २३ जनालाई ४ लाख ९२ हजार ७६ हजार भत्ता दिएकोमा जिरी अस्पतालका दुई जना चालक र दुई जना ल्यावका कर्मचारीले मात्रै भत्ता पाएका छन् । कोरोना महामारीका बेला स्वाब संकलन र संक्रमितको उपचारमा प्रतक्ष्य संलग्न जिरी अस्पतालका डाक्टर र स्वास्थ्यकर्मीले भने अहिलेसम्म भत्ता पाउन सकेका छैन ।जिरी अस्पतालका अलावा नगरपालिकाका स्वास्थ्य चौकी र अन्य स्वास्थ्य सँस्थामा खटिएका स्वास्थ्यकर्मीले समेत जोखिम भत्ता पाएका छैनन् । तर, नगरपालिकाका सिनियर अधिकृतदेखि जुनियर कर्मचारी समेतले मनोमानी भत्ता बुझेका छन् । 

जिरी अस्पतालका अलावा नगरपालिकाका स्वास्थ्य चौकी र अन्य स्वास्थ्य सँस्थामा खटिएका स्वास्थ्यकर्मीले समेत जोखिम भत्ता पाएका छैनन् । तर, नगरपालिकाका सिनियर अधिकृतदेखि जुनियर कर्मचारी समेतले मनोमानी भत्ता बुझेका छन् । सबैभन्दा बढी जोखिम भत्ता बुझ्नेमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल रहेका छन् । उनले ५५ हजार ९ सय २६ रुपैयाँ बुझेका छन् भने सबैभन्दा कम सहायक चौथो कर्मचारी विमलकुमार दाहालले ६ हजार ६ सय ५२ रुपैयाँ लिएका छन् । यस्तै, लेखा अधिकृत महेश्वर प्रसाद अधिकारीले ४९ हजार ८ सय ४६, नायब सुब्बा एवम् सुचना अधिकारी तेजकुमार धमला र योजना शाखा प्रमुख मानबहादुर जिरेलले समान ३९/३९ हजार तथा लेखापाल कृष्णप्रसाद अधिकारीले २४ हजार ९ सय ५७ रुपैया जोखिम भत्ता बुझेका छन् ।

जिरी नगरपालिकाले नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक सिनियर अहेव गौतमकुमार साहलाई २४ हजार ९ सय २३ र अहेव पृथ जिरेललाई १८ हजार ४ सय २७ रुपैया जोखिम भत्ता दिएको छ । सहायक कम्युटर अपरेटर प्रवेश पाण्डेले ३६ हजार ७ सय, सुचना प्रविधि अधिकृत आशिष भण्डारीले १७ हजार ९ सय ५० र आन्तरिक लेखापरिक्षक सहायक शान्तिबहादुर कार्कीले १४ हजार १ सय रुपैया जोखिम भत्ता लिएका छन् । जिरी नगरपालिकाले जोखिम भत्ता बापत सवारी चालकहरु बेदबहादुर जिरेल, कुमार जिरेल र विनोद जिरेललाई भने समान १३ हजार ३ सय ९२ रुपैया दिएको छ । यस्तै, कार्यालय सहयोगीहरु होमबहादुर कार्कीले १८ हजार ३ सय ९९ तथा होमबहादुर जिरेल र पेम्बा तमाङले समान ११ हजार ९ सय ३१ रुपैया पाएका छन् । जिरीका नगर प्रहरीहरु होमबहादुर जिरेल र मिठिमान जिरेलले समान ११ हजार ९ सय ३१ रुपैयाँ भत्ता पाएका छन् ।

नगरपालिकाले गत आर्थिक वर्ष २०७६/७७ मा स्थापना गरेको कोरोना कोषबाट जिरी अस्पतालका ४ सहित २३ जनालाई ४ लाख ९२ हजार रुपैया जोखिम भत्ता वितरण गरिएकोे नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन गौतमले जानकारी दिनुभयो । उहाँले संघीय सरकारबाट कोरोना जोखिम भत्ता आउनुपर्ने भएपनि आवश्यक प्रक्रिया नपुगेका कारण हालसम्म बजेट नआएको, अस्पताल र स्वास्थ्यचौकीहरुका स्वास्थ्यकर्मीहरुले समयमै जोखिम भत्ता माग नगरेको र आवश्यक प्रक्रिया नपु¥याएका कारण अग्रपक्तिमा खटिएका सबै स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई जोखिम भत्ता उपलब्ध गराउन नसकिएको दावी गर्नुभयो ।

जिरी नगरपालिकाले जिरी अस्पतालका ल्याब टेक्निसियन विरेन्द्र रायलाई २४ हजार ९ सय २३ र ल्याब असिष्टेन्ट सन्तु जिरेललाई १० हजार ३ सय ८७ तथा सवारी चालक गोपालसिंह जिरेललाई १२ हजार ४ सय ६५ र लिलाबहादुर जिरेलाई १० हजार ३ सय ८७ रुपैया जोखिम भत्ता दिएको छ । कोरोना महामारी नियन्त्रण अभियान अन्तर्गत बनेको कोरोना कोषवाट जिरी अस्पतालका एम्वुलेन्स चालक, नगरपालिकाका फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारी लगायतलाई जोखिम भत्ता दिनु सराहनीय काम भएपनि कोरोना बिरुद्ध अग्रपंक्तिमा खटिने डाक्टर, नर्स लगायतका स्वास्थ्यकर्मीलाई भत्ता नदिनु अन्यायपूर्ण भएको गुनासो छ । अझ जिरी अस्पतालमा खटिने स्वास्थ्यकर्मीलाई भत्ता नदिएर नगरपालिकको स्वास्थ्य शाखामा कार्यरत दुई स्वास्थ्यकर्मीलाई भत्ता उपलव्ध गराउनुमा नगरपालिकाको बदनियत देखिएको छ ।

नगरपालिकाले गत आर्थिक वर्ष २०७६/७७ मा स्थापना गरेको कोरोना कोषबाट जिरी अस्पतालका ४ सहित २३ जनालाई ४ लाख ९२ हजार रुपैया जोखिम भत्ता वितरण गरिएकोे नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन गौतमले जानकारी दिनुभयो । उहाँले संघीय सरकारबाट कोरोना जोखिम भत्ता आउनुपर्ने भएपनि आवश्यक प्रक्रिया नपुगेका कारण हालसम्म बजेट नआएको, अस्पताल र स्वास्थ्यचौकीहरुका स्वास्थ्यकर्मीहरुले समयमै जोखिम भत्ता माग नगरेको र आवश्यक प्रक्रिया नपु¥याएका कारण अग्रपक्तिमा खटिएका सबै स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई जोखिम भत्ता उपलब्ध गराउन नसकिएको दावी गर्नुभयो ।

यद्धपि, जिरी अस्पतालले जेठ २१ गते नैं उच्च जोखिममा खटिएका २२, जोखिममा खटिएका २७ र न्युन जोखिममा खटिएका ९ जना स्वास्थ्यर्मीलाई भत्ता उपलव्ध गराउन भन्दै नगरपालिकामा विवरण बुझाएको बताएको छ । जिरी नगरपालिकामा दोलखा जिल्ला अस्पतालको रुपमा रहेको जिरी अस्पताल र नगरपालिका अन्र्तगत ६ वटा स्वास्थ्यचौकी रहेका छन् ।

हेनुहोस्, विवरणसहित ।

१२ पौष, २०७७ । ५ः२० बजे प्रकाशित ।

VIEWS: 7950 पटक हेरीएको
error: Content is protected !!