जिरी नगरपालिकामा प्रहरीको गुनासो पेटिका

1 month ago/Thursday, September 17th, 2020

जिरी (दोलखा), १ असोज ।

दोलखाको जिरी नगरपालिकास्थित इलाका प्रहरी कार्यालय जिरीले जिरी नगरपालिकामा गुनासो तथा सुझाव संकलन पेटीका स्थापना गरेको छ ।

नागरीकहरुबाट प्रहरी कर्मचारीहरुसंग सम्बन्धित गुनासो तथा सुझाव संकलन गरी प्रहरी सेवालाई थप प्रभावकारी बनाउन भन्दै इलाका प्रहरी कार्यालय जिरीले आज नगरपालिकामा गुनासो तथा सुझाव संकलन पेटीका स्थापना गरेको हो । प्रहरी कार्यालयका साथै प्रहरी कर्मचारीहरुबाट सम्पादन भएका कामकारबाहीको सम्बन्धमा स्थानीय नागरिकबाट प्राप्त हुने सल्लाह, सुझावका साथै गुनासोलाई उचित सम्बोधन गरी प्राप्त सल्लाह सुझाव अनुरुप प्रहरी सेवालाई परिमार्जन गर्ने उद्देश्यले गुनासो तथा सुझाव पेटीका राखिएको इलाका प्रहरी कार्यालय जिरीका प्रहरी निरिक्षक प्रदीप कुमार पौडेलले जानकारी दिनुभयो । यो सँगै जिरीका स्थानीयले सुझाव पेटिका मार्फत प्रहरीलाई गुनासो तथा सुझाव राख्न सक्नेछन् ।

नागरीकहरुबाट प्रहरी कर्मचारीहरुसंग सम्बन्धित गुनासो तथा सुझाव संकलन गरी प्रहरी सेवालाई थप प्रभावकारी बनाउन भन्दै इलाका प्रहरी कार्यालय जिरीले आज नगरपालिकामा गुनासो तथा सुझाव संकलन पेटीका स्थापना गरेको हो । यस्तै, आज बागमती प्रदेश अन्तर्गतका २८ वटा स्थानीय तहमा प्रहरी कर्मचारीसँग सम्बन्धित गुनासो तथा सुझाव संकलनको लागि गुनासो तथा सुझाव संकलन पेटिका स्थापना गरिएको छ । 

यसैबीच, आज बागमती प्रदेश अन्तर्गतका २८ वटा स्थानीय तहमा प्रहरी कर्मचारीसँग सम्बन्धित गुनासो तथा सुझाव संकलनको लागि गुनासो तथा सुझाव संकलन पेटिका स्थापना गरिएको छ । प्रहरी कार्यालयका साथै प्रहरी कर्मचारीहरुबाट सम्पादन भएका कामकारबाहीको सम्बन्धमा आम नागरिकबाट प्राप्त हुने सल्लाह, सुझाव तथा गुनासोलाई सम्बोधन गरी सुझाव अनुसार प्रहरी सेवालाई परिमार्जन गर्ने उद्देश्यले बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले आज स्थानीय तहसंगको सहकार्यमा गुनासो तथा सुझाव संकलन पेटीका राखेको हो । बागमती प्रदेश प्रहरी अन्तर्गतका १० वटा जिल्लाहरुमा रहेका महानगरपालिका र उपमहानगरपालिकामा एक/एक नगरपालिकामा २५ र सदरमुकाममा रहेका गाउँपालिकामा एक गरी २८ स्थानीय तहमा गुनासो तथा सुझाव पेटिका राखिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक सुदिप गिरीले जानकारी दिनुभयो ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमका प्रमुख सहयोगी स्थानीय निकायसँगको सहकार्यमा सञ्चालन गरिने सो योजना अन्तर्गत स्थानीय निकायहरुमा सुझाव तथा गुनासो पेटिका स्थापना गरी नागरिकहरुबाट प्रहरीसँग सम्बन्धित सुचना संकलन गर्ने कार्य गरिनेछ ।

१ असोज, २०७७ । ६ः०० बजे प्रकाशित ।

VIEWS: 2085 पटक हेरीएको
error: Content is protected !!