जिरीका किसानलाई एक सय मौरिघार वितरण

3 months ago/Thursday, June 6th, 2019

दोलखा, २३ जेठ ।

दोलखाको जिरी नगरपालिकाले नगरपालिकाभित्रका कृषक तथा कृषक समुुहलाई मौरीघार वितरण गरेको छ ।

जिरी नगरपालिकाले ५० प्रतिशत अनुदानमा चापखोला मौरी पालन कृषक समुह, कलङ मौरी पालन कृषक समुह र विभिन्न कृषकहरुलाई मौरीघार वितरण गरेको हो । नगरपालिकाले आज एक कार्यक्रमको आयोजना गरी मागको आधारमा १ सय मौरीघार वितरण गरेको हो । नगरपालिकाले जिरी ९ ठुलोपातलस्थित चापखोला मौरी पालन कृषक समुहलाई २० घार, जिरी ७ स्थित कलङ मौरी पालन कृषक समुहलाई ६० घार र जिरी ३ मालिका शेर बहादुर खड्कालाई ५ वटा मौरीघार वितरण गरेको छ । अन्य १५ मौरीघार भने वडा नम्बर ६ का किसानहरुको लागि छुट्याइएको छ । मौरीघार नगरप्रमुख टंक जिरेलले हस्तान्तरण गर्नुभयो । मौरीघार हस्तान्तर गर्दै नगरप्रमुख जिरेलले क्लिन जिरी, ग्रिन र अर्गानिक जिरीमा मौरीको महत्व रहेकोले कम बजेट भएपनि विभिन्न शिर्षकबाट रकम जुटाएर किसानलाई मौरीघार वितरण गरिएको जानकारी दिनुभयो ।

एक घारलाई ३५ सय

एक मौरीघार बराबर ३५ सय पर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद रिजालले जानकारी दिनुभयो । यद्यपी, वडा नम्बर १, ५ र ८ बाट भने मौरीघारको लागि निवेदन नआएको नगर प्रमुख जिरेलले बताउनुभयो । आर्थिक वर्ष २०७५÷७६ को स्वीकृत कृषि विकास कार्यक्रम अनुसार कृषि यान्त्रिकरण विकास आयोजना अन्र्तगत ५० प्रतिशत अनुदानमा मौरीघार वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

२३ जेठ, २०७६ । ६ः१० बजे प्रकाशित ।

VIEWS: 2245 पटक हेरीएको
error: Content is protected !!