जिरी नगरपालिका वडा नम्वर १ को वडा कार्यालय भवन ७० लाखमा निर्माण सम्पन्न

3 months ago/Wednesday, June 5th, 2019

नवराज विश्वकर्मा

जिरी (दोलखा), २२ जेठ ।

दोलखाको जिरी नगरपालिका वडा नम्बर १ को वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ ।

जिरी नगरपालिका वडा नम्वर १ पुम्पाको वडा कार्यालय भवन करिव ८ महिनाको अवधिमा निर्माण सम्पन्न भएको हो । गत असोजबाट निर्माण सुरु भएको वडा कार्यालय भवन हालै निर्माण सम्पन्न भई आज औपचारिक रुपमा उद्धघाटन गरिएको छ । गत असोज १८ गतेदेखि उपभोक्ता समिति मार्फत निर्माण सुरु गरिएको वडा कार्यालय भवन हालै निर्माण सम्पन्न भएको हो । वडा कार्यालयको भवन वडा कार्यालय र नगरपालिकाको बजेट तथा श्रमदान सहित कुल ७० लाख लागतमा निर्माण सम्पन्न गरिएको वडा अध्यक्ष लाक्पा शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार वडा कार्यालयको भवन एउटा हल सहित ७ कोठाको रहेको छ । जिरी नगरपालिकाकोे ९ वटा वडामध्ये वडा नम्बर १ मा पहिलो वडा कार्यालय भवन निर्माण सम्पन्न भएको हो ।

वडा कार्यालयको नवनिर्मित भवनको आज प्रतिनिधिसभाका सांसद जिपछिरीङ लामाले उद्धघाटन गर्नुभयो । नवनिर्मित भवन उद्धघाटन गर्दै सांसद लामाले आफूहरुले सुखी नेपालीको परिकल्पना गरेको बताउनुभएको छ । सांसद लामाले आँफुहरुको कुनै राजनीतिक मुद्धा नभएको भन्दै एउटै लक्ष्य जिल्लाको विकास र समृद्धि भएकाले सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

जिरी नगरपालिका वडा नम्वर १ का वडाअध्यक्ष लाक्पा शेर्पाको अध्यक्षतामा भएको भवन उद्धघाटन कार्यक्रममा प्रदेश नम्वर ३ का सांसद आङदेण्डी शेर्पा, पूर्व सांसद वाङछे शेर्पा, जिरी नगरपालिकाका मेयर टंक जिरेल, उप–प्रमुख कृष्णमाया बुढाथोकी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, नेपाली कांग्रेस जिरी नगरसभापति सोनाम शेर्पा, नेपाल कम्युनिष्ट पार्ट नेकपाका नेता गोविन्दराम बुढाथोकी लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक डिएसपी बासुदेव पाठक, ईलाका प्रहरी कार्यालय जिरीका प्रमुख इन्सपेक्टर रामकृष्ण श्रेष्ठ लगाएतको उपस्थिति थियो ।

वडा कार्यालय भवन उद्धघाटनको थप तस्वीरः

 

 

 

२२ जेठ, २०७६ । ८ः ०० बजे प्रकाशित ।

VIEWS: 2315 पटक हेरीएको
error: Content is protected !!