जिरी ब्याडमिन्टनको एकलतर्फ देवलाल, युगलतर्फ दोर्जी र देवलालको टोलीले उपाधी चुमे

8 months ago/Monday, February 18th, 2019

दुर्गा बस्नेत । जिरी (दोलखा), ६ फागुन ।

जिरी नगरस्तरीय खुल्ला पुरुष व्याडमिन्टन प्रतियोगीताको फाइनल खेल आज सम्पन्न भएको छ ।

जिरी प्राविधिक शिक्षालयको खेल मैदानमा फागुन ४ गतेदेखि सुरु भएको प्रतियोगीता आज सम्पन्न भएको हो । प्रतियोगीताको एकलतर्फ देवलाल श्रेष्ठ विजयी भएका छन् भने युगलतर्फ पनि देवलाल श्रेष्ठ र दोर्जी शेर्पाको टोली नै विजयी भएको छ । फाइनलमा एकलतर्फको पहिलो खेलमा २१–८ र दोस्रो खेलमा २१–१२ को सोझो सेटमा निमदोर्जे लामालाई पराजित गर्दै देवलालले जित हात पारेका हुन् । एकलतर्फको तृत्तिय स्थानको उपाधि भने विनोद बस्नेतले हात पारेका छन् । प्रविण श्रेष्ठले वाक ओभर दिएपछि विनोद स्वतः विजयी भएका हुन् ।

युगलतर्फको पहिलो खेलमा २१–८ र दोस्रो खेलमा २१–१२ को सोझो सेटमा भेषबहादुर गुरुङ र चिरञ्जीवी बस्नेतको टोलीलाई पराजित गर्दै देवलाल श्रेष्ठ र दोर्जी शेर्पाको टोली विजयी भएको छ । युगलतर्फ विनोद बस्नेत र प्रविण श्रेष्ठको टोली तृत्तिय भएको छ । गेल्वु शेर्पा र फुरी शेर्पाको टोलीले वाक ओभार दिएपछि विनोद बस्नेत र प्रविण श्रेष्ठको टोलीले स्वतःतृत्तिय स्थान हाँसिल गरेको हो । जितसँगै एकलतर्फको प्रथम स्थान हाँसिल गरेका देवलाल श्रेष्ठले नगद ५ हजार प्राप्त गरेका छन् भने दित्तिय स्थानमा रहेका निमदोर्जे शेर्पाले नगद ४ हजार तथा तृत्तिय भएका विनोद बस्नेतले नगद २ हजार ८ सय सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै युगलतर्फका विजेता देवलाल श्रेष्ठ र दोर्जी शेर्पाको टोलीले नगद ८ हजार प्राप्त गरेको छ भने दित्तिय स्थान हाँसिल गरेको भेषबहादुर गुरुङ र चिरञ्जीवी बस्नेतको टोलीले ६ हजार ५ सय तथा तृत्तिय भएको विनोद बस्नेत र प्रविण श्रेष्ठको टोलीले नगद ५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगीताका विजेताहरुलाई आजै एक कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरीएको छ । युवा तथा खेलकुद समिति जिरी नगरपालिकाका अध्यक्ष नुर्वु शेर्पाको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण समारोहमा जिरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चक्रपाणी शर्माले पुरस्कार वितरण गर्नुभएको थियो ।
६ फागुन, २०७५ । ११ः२० बजे प्रकाशित ।

VIEWS: 2165 पटक हेरीएको
error: Content is protected !!