जिलुमा लाखौंको योजनामा एकतर्फी उपभोक्ता समिति गठन गरिएको भन्दै दलहरुको बिरोध

2 weeks ago/Wednesday, June 9th, 2021

दोलखा, २६ जेठ ।

दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ४ मा रहेको भटमासे जिलु सडक निर्माण गर्ने कार्यमा सरोकारवालालाई जानकारी नदिई आफुखुसी काम अघि बढाएको भन्दै स्थानीय राजनीतिक दलहरुले बिरोध जनाएका छन् ।

भीमेश्वर नगरपालिका वडा नम्बर ४ का नेपाली कांग्रेश, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले वडा अध्यक्षले मनोमानि ढंगले केही व्यत्तिहरुलाई जिम्मेवारी दिई अबैधरुपमा काम लगाएको भन्दै आपत्ति जनाएका हुन् । तीन राजनीतिक दलहरुले जिलुवासिहरुका लागि अत्याबश्यक यस सडक निर्माण कार्यमा सरोकारवालाहरु कसैलाई जानकारी नदिई आफ्नो ग्टका केही व्यक्तिहरुलाई जिम्मेवारी दिएको आरोप लगाएका छन् । उनीहरुले सडकको खाल्डाखुल्डी पुर्ने बहानामा कमिसनको खेल हुन सक्ने आम उपभोक्ताहरुको आशंका र गनासो व्यापक आएकोले ध्यानाकर्षण भएको बताएका छन् ।

स्थानीय राजनीतिक दलले भटमासे जिलु सडकका लागि चालु आर्थिक बर्ष २०७७/०७८ मा सडक पिच गर्ने कार्यको लागि बिनियोजित रकमको टेन्डर मार्फत् घटेको रकम ३५ लाखबाट वडा अध्यक्षले मनोमानि ढंगले केही व्यक्तिहरुलाई जिम्मेवारी दिई अबैधरुपमा काम लगाएको भन्दै आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताएका हुन् । नेपाली कांग्रेसका वडा सभापति भोजराज चौंलागाई, नेकपा माओवादी केन्द्रका प्रतिनिधि तारानाथ चौंलागाई र राप्रपाका प्रतिनिधि बिष्णु श्रेष्ठद्धारा हस्ताक्षरित संयुक्त ध्यानाकर्षण पत्रमा ठूलो रकमबाट सडकको स्तरोन्नति गर्न आम उपभोक्ताहरुको सहभागितामा उपभोक्ता समिति गठन गरी काम गर्नुपर्नेमा उपभोक्तालाई थाहै नदिई केही व्यक्तिहरुले काम सुरु गर्नुले आर्थिक अनियमितता हुन सक्ने आशंका व्यक्त गरिएको छ ।

भीमेश्वर नगरपालिका वडा नम्बर ४ का नेपाली कांग्रेश, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले वडा अध्यक्षले मनोमानि ढंगले केही व्यत्तिहरुलाई जिम्मेवारी दिई अबैधरुपमा काम लगाएको भन्दै आपत्ति जनाएका हुन् । उनीहरुले सडकको खाल्डाखुल्डी पुर्ने बहानामा कमिसनको खेल हुन सक्ने आम उपभोक्ताहरुको आशंका र गनासो व्यापक आएकोले ध्यानाकर्षण भएको बताएका छन् । भीमेश्वर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष हरिबंश चौलागाईँले भने कुनै व्यक्ति बिशेष नभई सबै टोलका उपभोक्तालाई समेटेर उपभोक्ता समिति गठन भई काम धमाधम भैरहेको बताउनुभयो ।

कोरोनाको महामारीको अवस्थामा उपभोक्ता भेला आयोजना गर्न नसकिए पनि आम उपभोक्ताको प्रतिनिधिमुलक उपस्थितिमा भौतिक दुरी कायम गरी उपभोक्ता समिति गठन गर्न सक्ने अवस्था रहेपनि त्यसो नगरी मनोमानि भएकाले बिधि र प्रक्रियाको पालना गरी कार्य सञ्चालन गर्न आग्रह बिज्ञप्तिमा आग्रह गरिएको छ । ध्यानाकर्षण पत्रमा बिधि र प्रक्रिया भन्दा बाहिर गएर सडक निर्माण गर्दा उत्पन्न हुने परिस्थितिको जिम्मेवारी स्वयम् पक्षले लिनुपर्ने उल्लेख गरिएको छ ।

भीमेश्वर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष हरिबंश चौलागाईँले भने कुनै व्यक्ति बिशेष नभई सबै टोलका उपभोक्तालाई समेटेर उपभोक्ता समिति गठन भई काम धमाधम भैरहेको बताउनुभयो । निशेधाज्ञाको समय भएकाले उपभोक्ताहरुलाई भेला गर्ने वातावरण नभएकाले कुनै बिशेष व्यक्तिलाई नभई प्रत्येक टोलबाट सबैलाई समेटेर उपभोक्ता समिति गठन गरी सोही समिति मार्फत् काम भैरहेको वडाअध्यक्ष चौलागाईको दावी छ । सडक निर्माणको गुणस्तरलाई ख्याल गरेर जिम्मेवारी दिईएको भन्दै वडाअध्यक्ष चौलागाईँले सडक निर्माणमा कुनै सम्झौता नगरिकन गुणस्तरयुक्त बन्ने दाबी गर्नुभयो ।

भटमासे जिलु सडकको लागि भीमेश्वर नगरपालिकाको ९५ लाख र प्रदेश सरकारको समपुरक कोषबाट ९५ लाख गरी कन्टेनजेन्सी बाहेक १ करोड ९० प्राप्त भएकोमा टेन्डरमार्फत् पहिलो पटक निर्माण व्यवासायीले काम लिएकोमा ५५ दशमलब २ अर्थात् १ करोड २ लाख रुपैयाँ बाँकी रहेको र दोस्रो पटक टेन्डरमार्फत् ४८ प्रतिशतमा घट्दा हुन गएको ३५ लाखले सो सडकमा पिच गर्ने काम अघि बढेको वडापालिकाले जनाएको छ । एक साता अघिबाट भटमासे जिलु सडकको काम भैरहेको छ ।

२६ जेठ, २०७८ । ९ः२०बजे प्रकाशित ।

VIEWS: 1520 पटक हेरीएको
error: Content is protected !!