जिल्लाभरका बिद्यालय खोल्ने निर्णय जिरीमा उल्टियो, जिरी नगरपालिकाका बिद्यालय नखुल्ने

3 days ago/Wednesday, September 16th, 2020

इदोलखा संवाददाता ।

जिरी (दोलखा), ३१ भदौ ।

दोलखामा जिल्लाबाट सबै स्थानीय तहको विद्यालयहरु खुल्ला गर्ने निर्णय भएपनि जिरीमा भने तत्काल विद्यालय सञ्चालनमा नआउने भएको छ ।

जिरी नगरपालिकाको कार्यालयमा आज बसेको नगरभित्रका विद्यायका प्रधानाध्यापक र जिरी नगरको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । बैठकले जिरी नगरभित्रका बिद्यालय तत्काल नखुलाई वैकल्पिक शिक्षालाई नै निरन्तरता दिदै सिकाई सहजीकरण गर्ने निर्णय गरेको छ । दशैअघिसम्म जिरीका कुनै पनि विद्यालय नखुलाउने र टोलटोलमै गएर सिकाई सहजिकरण गर्ने बैठकले निश्कर्ष निकालेको छ । यो निर्णयसँगै जिरीका सामुदायिक तथा निजी विद्यालयहरु दशैं अघि खुल्ने सम्भावना टरेको छ । यसअघि सरदुमकाम चरिकोटमा जिल्ला समन्वय समिति दोलखाका प्रमुख एवं जिल्ला शिक्षा समिति दोलखाका अध्यक्ष डबल पाण्डकोे अध्यक्षतामा मंगलबार बसेको बैठकले जिल्लाभरका सबै विद्यालय खुलाउने निर्णय गरेको थियो । संघीय सरकारले स्थानीय तहहरुले कोरोना संक्रमणको प्रभावहेरी विद्यालय सञ्चालन गर्ने /नगर्ने, कसरी र कुन माध्यमबाट विद्यार्थीको सिकाईलाई अघि बढाउने भन्ने निर्णय गर्न पाउनेगरी अनुमति दिएपछि दोलखामा मंगलबार बसेको संयुक्त बैठकमा विद्यालय सञ्चालनको तयारीका लागि एक साताको समय दिएर असोज ७ गतेबाट जिल्लाभरका विद्यालय खुलाउने निर्णय भएको थियो । तर, जिरी नगरपालिकामा भने यो निर्णय कार्यान्वयन नहुने भएको छ ।

संघीय सरकारले स्थानीय तहहरुले कोरोना संक्रमणको प्रभावहेरी विद्यालय सञ्चालन गर्ने /नगर्ने, कसरी र कुन माध्यमबाट विद्यार्थीको सिकाईलाई अघि बढाउने भन्ने निर्णय गर्न पाउनेगरी अनुमति दिएपनि दोलखामा मंगलबार बसेको संयुक्त बैठकमा विद्यालय सञ्चालनको तयारीका लागि एक साताको समय दिएर असोज ७ गतेबाट जिल्लाभरका विद्यालय खुलाउने निर्णय भएको थियो । तर, जिरी नगरपालिकामा भने यो निर्णय कार्यान्वयन नहुने भएको छ ।

जिल्लाभरका बिद्यालय खुलाउने निर्णय भएको मंगलबारको बैठकमा जिल्ला स्थित सबै स्थानीय तहका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु र सम्पूर्ण स्थानीय तहका शिक्षा शाखा प्रमुख सहभागि थिए । सो बैठकमा जिरी नगरपालिकाका नगरप्रमुख टंक जिरेल र शिक्षा शाखा प्रमुख चिरञ्जिवी पौडेलको पनि सहभागिता थियो । तर, जिरी नगरपालिकामा आज बसेको संयुक्त बैठकमा नगर प्रमुख टंक जिरेलले शिक्षण सँस्था खुलाउने जिल्लाको निर्णय भएपनि जिरी नगर क्षेत्रमा बिद्यालय खुलाउने अवस्था नरहेको सुझाव आएका कारण ‘तत्कालका लागि बिद्यालय नखोल्ने’ निर्णयमा पुगेको बताउनुभयो ।

बैठकपछि प्रतिक्रिया दिँदै जिरी माविका प्रधानाध्यापक एवँ जिरी नगर शिक्षक महासंघका अध्यक्ष केशवकुमार कार्कीले अहिलेकै अवस्थामा बिद्यालय खोलेर प्रतक्ष्य पठनपाठन गर्ने अवस्था नभएका कारण शिक्षा मन्त्रालयको पछिल्लो निर्देशिका वमोजिम बैकल्पिक माध्यमवाट शिक्षण सिकाई र सहजिकरण गर्ने निर्णय भएको जानकारी दिनुभयो । कोरोनाको महामारीपछि जिरी नगरपालिका क्षेत्रका बिद्यार्थीलाई लक्षित गरी जिरी एफएम मार्फत ‘बैकल्पिक कक्षा’ सँचालन हुँदै आएको छ । जिरी नगरपालिकाको समन्वय र फ्राड्स नेपालको सहयोगमा विगत तिन महिनादेखि रेडियोको माध्यमवाटै कक्षा सँचालन भईरहेको हो ।
स्कूल बसपछि शैक्षिक सामाग्रि सहयोग

यसैबीच, जिरी नगरपालिकामा वैकल्पिक शिकाईका लागि सहज बनाउन कल्स ओवर रिजेज नेपालले नगरभित्रका सामुदायिक विद्यालयहरुलाई सिकाई सामाग्री सहयोग गरेको छ । सो संस्थाले १२ लाख बराबरको सिकाई सामाग्री नगरपालिकालाई हस्तान्तरण गरेको हो । नगरपालिकाले सहयोग वापत प्राप्त शैक्षिक सामाग्रिलाई नगर क्षेत्रका सवै बिद्यालयलाई बितरण गर्नेछ । कोरोनाका कारण विद्यालय सिकाईबाट बञ्चित भएका बालबालिकाहरुलाई सिकाईमा थप सहज पु¥याउने उद्देश्यले संस्थाको तर्फबाट बैकल्पिक किताब, पेन्सिल, कलर, प्राक्टिस कपी, डिस्नेरी, प्रोटेक्टर लगायतका शैक्षिक सामाग्री हस्तान्तरण गरिएको कल्स ओवर रिजेज नेपालकी अध्यक्ष  साङडोमा शेर्पाले जानकारी दिनुभयो ।

यसअघि जिरी नगरमा कल्स ओवर रिजेजले दुई वटा विद्यालयलाई विद्यालय बस खरिदका लागि नगरलाई ४० लाख सहयोग गरेको थियो ।

३१ भदौ, २०७७ । ४ः४० बजे प्रकाशित ।

VIEWS: 6595 पटक हेरीएको
error: Content is protected !!