जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जिरीलाई

2 months ago/Sunday, April 25th, 2021

जिरी (दोलखा), १२ वैशाख ।

दोलखाको जिरी नगरपालिकामा सम्पन्न आठौ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जिरी नगरपालिका विजयी भएको छ ।

जिल्ला खेलकुल विकास समिति दोलखाको आयोजना र जिरी माविको व्यवस्थापनमा जिरी नगरपालिका ६ मानेडाँडास्थित जिरी माविमा भएको प्रतियोगिताबाट जिरी नगरपालिका ९ स्वर्ण, ५ रजत र २ कास्य हात पार्दै प्रथम स्थान हाँसिल गर्न सफल भएको हो । यस्तै, भीमेश्वर नगरपालिका ४ स्वर्ण, ४ रजत र ४ कास्य सहित द्धितिय भएको छ भने तामाकोशी गाउँपालिका ४ स्वर्ण, १ रजत र २ कास्य सहित तृतीय भएको छ । यसैगरी, विगु गाउँपालिकाले १ स्वर्ण, ३ रजत र २ कास्य प्राप्त गरेको छ भने गौरीशंकर गाउँपालिकाले १ स्वर्ण, १ रजत र २ कास्य प्राप्त गरेको छ । मेलुङ गाउँपालिकाले पनि १ स्वर्ण प्राप्त गरेको छ भने कालिञ्चोक गाउँपालिकाले ४ रजत २ कास्य तथा बैतेश्वर गाउँपालिकाले २ रजत ५ कास्य प्राप्त गरेको छ ।

प्रतियोगिता अन्र्तगत छात्र भलिबलतर्फ कालिञ्चोक गाउँपालिकालाई पराजित गर्दै मेलुङ गाउँपालिका विजय भएको छ । यसैगरी, कालिञ्चोक गाउँपालिका द्धितीय भएको छ भने जिरी नगरपालिकाले तृतीय स्थानमा चित्त बुझाएको छ । छात्रातर्फ भने भिमेश्वर नगरपालिका प्रथम, कालिञ्चोक गाउँपालिका द्धितिय तथा विगु गाउँपालिका तृतीय भएको छ ।

जिल्ला खेलकुल विकास समिति दोलखाको आयोजना र जिरी माविको व्यवस्थापनमा जिरी नगरपालिका ६ मानेडाँडास्थित जिरी माविमा भएको प्रतियोगिताबाट जिरी नगरपालिका ९ स्वर्ण, ५ रजत र २ कास्य हात पार्दै प्रथम स्थान हाँसिल गर्न सफल भएको छ । यस्तै, भीमेश्वर नगरपालिका ४ स्वर्ण, ४ रजत र ४ कास्य सहित द्धितिय भएको छ भने तामाकोशी गाउँपालिका ४ स्वर्ण, १ रजत र २ कास्य सहित तृतीय भएको छ ।प्रतियोगिता अन्र्तगत छात्र भलिबलतर्फ कालिञ्चोक गाउँपालिकालाई पराजित गर्दै मेलुङ गाउँपालिका विजय भएको छ ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्राछात्र भलिबल, दौड, लङजम, त्रिपल जम्प र हाइजम्प लगायतका खेलहरु भएको थियो । प्रतियोगिताका विजेताहरुलाई आजै एक कार्यक्रमका बीच संघीय सांसद शान्ति पाख्रिनले पुरस्कार वितरण गर्नुभयो । प्रतियोगिताका विजेताले नगद २५ हजार सहित शिल्ड, मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेताले नगद १५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र तथा तृतीय हुनेले नगद १० हजार सहिद ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । यहि बैशाख १० गतेदेखि सुरु भएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा शैलुङ गाउँपालिका बाहेक ८ स्थानीय तहका महिला र पुरुष गरी ८ टिमको सहभागिता थियो ।

यसैबीच, समाजसेवी एवम् जिल्ला समन्वय समिति दोलखाका सदस्य विदुर शर्माले खेलाडीहरुलाई प्रोत्सान स्वरुप ७० हजार नगद वितरण गरेका छन् । शर्माले प्रतियोगिताको विजेतालाई नगद २५ हजार, उपविजेतालाई १५ हजार र तृतीय हुनेलार्ई १० हजार नगद वितरण गर्नुका साथै छात्र भलिबलतर्फ प्रथम हुने मेलुङ गाउँपालिकाका खेलाडीलाई २० हजार नगद वितरण गरेका हुन् । साथै उनले जिरीमा रहेको जिरी माविका २० जना विद्यार्थीलाई स्कुल ब्याग र २० जनालाई शैक्षिक सामाग्री पनि वितरण गरेका छन् ।

१२ वैशाख, २०७८ । ६ः०० बजे प्रकाशित ।

VIEWS: 5760 पटक हेरीएको
error: Content is protected !!