जुँगुको पहिरोः पिउनलाई पानी छैन, मरेका पशु सड्न थाले, बेपत्ताको खोजीमा सेनाले कुकुरको सहयोग लिने

2 weeks ago/Monday, August 5th, 2019

ईदोलखा सँवाददाता ।

दोलखा, २० साउन ।

पहिरोका कारण दर्जनौं घरपरिवार बिस्थापित हुन पुगेको दोलखाको गौरीशँकर गाउँपालिका १ र २ नम्बर वडाका बस्तिहरुमा खानेपानीको अभाव भएको छ भने मरेका पशुहरुको व्यवस्थापन हुन नसक्दा गाउँमा महामारी फैलिने खतरा भएको छ ।

शुक्रवार राति गएको पहिरोका कारण ठूलो क्षेति पुगेको जुँगुका ८ वटा बस्ति मध्ये अधिकाँश बस्तिहरुमा खानेपानीको अभाव भएको हो । पहिरोले खानेपानीको मुहान र पाईप लाईनमा क्षेति पु¥याएपछि पहिरोग्रस्त क्षेत्रमा खानेपानीको अभाव भएको हो । पहिरोवाट प्रभावित बस्तिहरुमा खानेपानी र बिजुली बत्ति दुवै नभएपछि पहिरो पीडितको दैनिकी झन्झन् कष्टकर बन्न थालेको छ । पहिरोले क्षेति पु¥याएको झगडे, सार्की टोल, बिरम्सी, यार्सा, राजपु, अफ्लेपु, दार्खा र बोजम्पुका नागरिकहरुको दैनिकी कष्टकर बन्न पुगेको हो । पहिरोका कारण बिस्थापित भएका ७७ घरपरिवार अहिले स्थानीय निलकण्ठेस्वर मावि, यार्सा आधारभूत प्रावि र जनउपकार सहकारीको भवनमा अस्थायीरुपमा बसोबास गर्दै आएका छन् । निलकण्ठेस्वर मावि क्षेत्रमा समेत खानेपानीको अभाव भएपछि झनै कठिन भएको पहिरो पीडितले बताएका छन् ।

बिद्यालय र सहकारी भवनमा पीडितको शरण

निलकण्ठेस्वरमा ३२ घरपरिवारका १ सय २० जना, जनउपकार सहकारीको भवनमा ८० जना र यार्सा आधारभूत बिद्यालयमा ४५ जना पहिरो पीडित आश्रय लिएर बसिरहेको स्थानीयवासी एवँ पत्रकार दिलवहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार जुँगुमा पहिरोका कारण ७७ घरपरिवारका २ सय ८२ जना बिस्थापित भएका छन् । ति मध्ये पहिरोबाट सवैभन्दा ठूलो क्षेति पुगेको झगडे बस्तिका करिव २० घरपरिवार सहितको पूरै बस्ति अन्यत्र सार्नु पर्ने अवस्था छ । पहिरोका कारण मरेका पशु र चौपायहरुको व्यवस्थापन हुन नसक्दा पहिरोस्थल दुर्घन्धित हुन थालेको छ । मरेका पशु र चौपायको व्यवस्थापन नहुँदा गाउँमा रोग फैलिने डरले पहिरो पीडित त्रसित भएका छन् ।

 

सडक अवरुद्ध हुँदा राहत लैजान कठिन

जुँगुलाई सडक सञ्जालसँग जोड्ने तिन वटै सडक पहिरोका कारण अवरुद्ध भएका कारण पहिरो पीडितहरुकोमा राहत सामाग्रि पु¥याउन कठिन भएको छ । सिद्धाकोथान जुँगु सडकको आधा सडक खण्डमा मात्रै यातायात चल्ने र सुरीबाट झँयाकु हुँदै जुँगु पुग्ने सडक पनि पहिरोका कारण अवरुद्ध भएकाले समस्या भएको हो । पहिरोका कारण अवरुद्ध भएको नाम्दु–क्षेत्रपा–जुँगु सडकलाई स्काभेटरको सहायताले आईतवारबाट सँचालनमा ल्याए पनि सडक हिलाम्मे भएका कारण सहजै यातायात सँचालन हुन सकेको छैन ।

पहिरोस्थलमा सरकारी टोली खटिने

यसैवीच, जुँगुमा पहिरोले पु¥याएको क्षतिको आंकलन गरि अत्यावश्यक सेवा तत्काल सुचारु गराउन टोली परिचालन गरिने भएको छ । जूँगुमा पहिरोबाट ठुलो क्षति भएपछि जिल्ला समन्वय समितिमा आज बसेको राजनीतिक दल सहितको बैठकले बाढिपहिरोबाट घर तथा खानेपानी, सिञ्चाई र विद्युत सेवामा भएको क्षतिको प्राविधिक मुल्यांकन गरि तत्काल सेवा सुचारु गर्न प्राविधिक कर्मचारीहरु परिचालन गर्ने निर्णय गरेको हो । आज बसेको बैठकले बाढीपहिरोबाट क्षतिग्रस्त स्थानमा टोली परिचालन गर्ने र प्राविधिक कर्मचारीहरुबाट प्राप्त प्रतिवेदनको आधारमा सेवा सुचारु गर्न अल्पकालिन र दीर्घकालिन उपायहरुको व्यवस्था गर्ने निर्णय गरेको जिसस दोलखाका प्रमुख डवल पाण्डेले जानकारी दिनुभयो ।

बेपत्ताको खोजिमा कुकुरको सहयता लिईने

निरन्तरको प्रयासका वावजुद पनि पहिरोमा परि वेपत्ता भएका दुई जना अझै फेला पर्न नसकेपछि बैठकले वेपत्ताको खोजीका लागि नेपाली सेना र नेपाल प्रहरीबाट थप टोली खटाउने निर्णय गरेको छ । बैठकले वेपत्ता भएकाहरुको खोजी रिनन्तर जारी राख्ने र आवश्यक परेमा सेनाको हेडक्वाटरबाट कुकुर समेत खटाउने निर्णय भएको पूर्व राज्यमन्त्री एवँ नेकपा दोलखाकी ईन्चार्ज देवी खड्काले बताउनुभयो । यस्तै, पहिरोबोट विस्थापित परिवारलाई सुरक्षित स्थानमा अस्थायी बसोबासको प्रवन्ध गर्न सुरक्षित स्थान पहिचान गरि सुझाव दिन पुननिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन ईकाई भवनबाट २ जना प्राविधिक खटाउने निर्णय भएको छ । पूर्व राज्यमन्त्री खड्काले बस्ति नैं सार्नु पर्ने अवस्थाका पहिरो पीडितहरुलाई स्थायी आवास निर्माण गर्नका लागि पहल सुरु भएको र पहिरोवाट बिस्थापित भएकाहरुलाई एकिकृत बस्ति निर्माण गरी पुर्नस्थापना गर्ने दिर्घकालिन योजना रहेको जानकारी दिनुभयो ।

घाईते पशुपन्क्षिको पनि उपचार गरिने

बैठकले पहिरोमा परि मरेका चौपायको उचित व्यवस्थापन र पहिरोबाट क्षति भएका घरबाट अन्नपात र अन्य सर सामानहरु सम्बन्धित घरधनीको रोहबरमा निकाली सम्बन्धित व्यक्तिको जिम्मा लगाउनका लागि नेपाली सेना र सशस्त्र प्रहरीबाट संयुक्त रुपमा टोली परिचालन गर्ने निर्णय पनि गरेको छ । बैठकले पहिरोबाट घर क्षति भई अन्यत्र बसोबास गरिरहेको स्थानमा स्वास्थ्य सुविधाका लागि आवश्यक औषधी र स्वास्थ्यकर्मीको व्यवस्था गर्न स्वास्थ्य कार्यालयलाई र पहिरोबाट घाईते भएका पशुपंक्षिहरुको उपचारका लागि प्राविधिक खटाउन भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रलाई निर्देशन दिएको छ ।

जिल्ला समन्वय समिति दोलखाका प्रमुख डवल पाण्डेको अध्यक्षतामा बसेको बैठकमा पूर्वराज्यमन्त्री एवम् नेकपाकी जिल्ला ईञ्चार्ज देवी खड्का, प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, तारादल गण दोलखाका गणपति निकिल कुँवर, सशस्त्र प्रहरीका प्रहरी नायव उपरिक्षक (डिएसपी) किरणकुमार कठायत, जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख, प्रहरी नायव उपरिक्षक (डिएसपी) मानबहादुर राई, नेकपाका जिल्ला सचिव गोपाल पाण्डे, नेता नरबहादुर पाख्रिन, कुमार लगुन लगाएतको उपस्थिति थियो ।

२० साउन २०७६ । ५ः३० बजे प्रकाशित

VIEWS: 12685 पटक हेरीएको
error: Content is protected !!